Comments Add Comment

ट्वीटर प्रकरणमा गृहमन्त्रीले मुख खोले, भन्छन्- जाग्रामको प्रमाण हो

६ बैशाख, काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री निवास बालुवाटारमा आफ्नो विवादास्पद ट्वीटरको जवाफ दिएका छन् ।

प्रमुख पाँच दलको बैठक सकेर बाहिरिएका मन्त्री निधिलाई पत्रकार आस्था केसीले मध्यरातमा विवादास्पद ट्वीट गर्नुको कारण सोधिन् । प्रश्नलाई हल्कारुपमा लिँदै निधिले हाँस्दै जवाफ दिए, ‘ट्वीटका लागि टाइम हुन्छ भन्ने छैन । जतिखेर पनि गर्न सकिन्छ ।’

केसीले फेरि प्रश्न तेर्‍स्याइन्- रातिको दुई बजे किन ?

प्रश्नको जवाफ दिँदै गृहमन्त्री निधिले भने, ‘यसको मतलब के हो भने म जतिबेला पनि सक्रिय छु । गृहमन्त्रालय रातभरि जाग्राम हुन्छ ।’

मन्त्री निधिले राति दुई बजे ट्वीट गर्दै चुनावका लागि सुरक्षा प्रवन्धमात्रै पर्याप्त हुँदैन भन्दै यसका लागि राजनीतिक सहमति आवश्यक पर्ने धारणा सार्बजनिक गरेका थिए । यो धारणाले बैशाख ३१ को स्थानीय चुनाव हुनेमा शंका उब्जिएको भन्दै सामाजिक सञ्जालमा मन्त्री निधिको आलोचना भएको थियो ।

यो पनि पढ्नुहोस्
गृहमन्त्रीले मध्यरात कटेपछि किन गरे चुनाव हुन नसक्ने ट्वीट ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment