+
+
Shares

नेविसंघको ४८ औं स्थापना दिवस निर्वाचन लक्षित

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ६ गते १३:०४

६ बैशाख, काठमाडौं । नेपाली कांग्रेस सम्बद्ध नेविसंघले यस वर्षको ४८ औं स्थापना दिवस स्थानीय तह निर्वाचनलाई लक्षित गरी मनाइरहेको छ । ‘गाउँ जाऔं-नगर जाऔं, जनता जगाऔं-कांग्रेस जिताऔं’ भन्ने नाराका साथ आज सात सय ४४ वटै स्थानीय तहमा निर्वाचन परिचालन बिशेष प्रशिक्षण भइरहेको नेविसंघले जनाएको छ ।

‘लोकतन्त्रको संस्थागत विकास र संबिधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प छैन,’ नेविसंघका अध्यक्ष नैनसिंह महरले भने, ‘त्यसलै निर्वाचनका पक्षमा माहौल सिर्जना गर्न हामीले आफ्नो स्थापना दिवशका अवसरमा चुनाव केन्दि्रत कार्यक्रम देशभर गरिरहेका छौं ।’

नेविसंघका मुख्य सचिव दिल्ली हमालले आसन्न निर्वाचन, संविधान कार्यान्वयन, परिवर्तित संरचना, स्थानीय तहको अधिकार, समसामयिक शैक्षिक मुद्दा, राष्ट्रियता एवं विकास र समृद्धिका बिषयमा कार्यकर्तालाई प्रशिक्षण दिइएको छ । प्रशिक्षण कार्यक्रम बाहेक बिभिन्न रचनात्मक कार्यक्रम पनि भइरहेको हमालले बताए ।

विक्रम संवत ०२७ बैशाख ६ गते सन्त नेता कृष्णप्रसाद भट्टराईको विशेष सक्रियतामा स्थापित नेविसंघ नेपालको सबैभन्दा पुरानो विद्यार्थी संगठन हो । हाल मुलुकभर १० लाख सदस्य संख्या रहेको नेविसंघको दाबी छ ।

यसैबीच ४८ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै नेविसंघ अध्यक्ष नैनसिंह महरले दीगो शान्ति, समृद्धिका लागि आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन नेविसंघका सबै तह, तप्कालाई निर्देशन दिएका छन् ।

विगतमा राजनीतिक क्रान्तिको मुख्य अभिभारा बोकेको नेविसंघ सामु शैक्षिक रुपान्तरण र संविधान कार्यान्वयनको मूलभूत दायित्व सँगसँगै दम्भ अहंकार, अतिवाद र निषेधको राजनीतिबाट मुलुकलाई जोगाउँदै गणतन्त्रलाई संस्थागत गर्ने नयाँ जिम्मेवारी थपिएको अध्यक्ष महरले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?