Comments Add Comment

कन्डोमको विज्ञापनले आलोचित सन्नी, भन्छिन्-‘सरकारले निर्णय गराेस्’


बलिउड नायिका सन्नी लियोनीलाई विवादले कहिल्यै पनि छाड्दैन । सधै नै सन्नी विभिन्न कुराले विवादमा आइनै रहन्छिन् । अहिले, उनी एक विज्ञापनका कारण विवादमा छिन् । सन्नीले मोडलिङ गरेको एक कन्डोमको विज्ञापनका कारण उनको चर्चा भएको हो ।

सन्नी अभिनित यो विज्ञापनको प्रशारण रोकिनुपर्ने भन्दै विभिन्न राजनीतिक दलसँग आवद्ध महिला संगठनहरुले विरोध गरिरहेका छन् । उनको यो विज्ञापनले समाजमा उच्छृङ्खलता भित्राएको उनीहरुको आरोप छ ।

यो बिषयमा सन्नी भन्छिन्-‘ यो बिषयमा म केहि पनि भन्न सक्दिनँ । यो बिषयमा सरकारले मात्र निर्णय गर्न सक्छ कि, यो देशका लागि हितकर छ या छैन । म मानिसहरुले के गर्छन् र के गर्दैनन् भन्ने बिषयमा केहि पनि भन्न चाहन्नँ । भारत प्रजातान्त्रिक देश हो । स्वतन्त्रपूर्वक बोल्न पाउनु प्रजातान्त्रिक देशको मान्यता नै हो । यो बिषयमा सरकारले नै निर्णय गरोस् ।’

सोमबार मात्र रिपब्लिकन पार्टी अफ इन्डियाको महिला संगठनले सन्नीको मोडलिङ रहेको कन्डोमको विज्ञापनले महिलाहरुलाई लाजमर्दो बनाएको भन्दै प्रतिवन्धको माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment