Comments Add Comment

संसद् बैठकको कार्यसूचीमा संविधान संशोधन विधेयक अटेन

सांसदहरुलाई काठमाडौं छाड्न र चुनावकेन्द्रित हुन एमालेको निर्देशन


७ वैशाख,काठमाडौं । व्यवस्थापिका संसदको आजको बैठकमा संविधान संशोधन विधेयक पेश नहुने भएको छ । संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूचीबाट संविधान संशोधन विधेयकलाई हटाएको हो ।

सरकारले एक साताअघि संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकलाई मधेसी मोर्चाले नै अस्वीकार गरेपछि मोर्चासँग नयाँ सहमति नगरी बिधेयक अघि नबढ्ने देखिएको छ । सरकारसँगको समन्वयपछि सभामुखले सम्भावित कार्यसूचीबाट हटाउन लगाएको सचिवालय स्र्रोतले जनाएको छ ।

काठमाडौं छाड्न एमालेको निर्देशन


यसैबीच, नेकपा एमालेले संविधान संशोधनको चरण अब समाप्त भइसकेको भन्दै आफ्ना सांसदहरुलाई स्थानीय चुनावमा केन्द्रित हुन निर्देशन दिएको छ । जिल्लामा रहेका सांसदलाई जिल्लामै चुनाव परिचालनमा खटिन र काठमाडौंमा भएकालाई गाउँ फर्किन निर्देशन दिइएको प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

ढकालले भने, ‘हाम्रा अधिकांश सांसदहरु आ–आफ्नो कार्यक्षेत्रमै हुनुहुन्छ । जो काठमाडौंमा हुनुहुन्छ, यतै कार्यक्षेत्र भएका र जिम्मेवारी रहेका बाहेक अन्यलाई जिल्ला फर्किन निर्देशन दिइसकिएको छ ।

तत्काल संसदमा गणितीय खेल भएमा बोलाउने गरी सांसदहरुलाई स्थानीय चुनावमा पार्टीका उम्मेदवार जिताउने अभियानमा खटिन एमालेले निर्देशन दिएको छ । ‘अहिले पनि जिल्लामा नखटे कहिले खट्ने ? यो त सांसदको मूल्यांकनको विषय पनि हो’ सचेतक गोकुल घर्तीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment