Comments Add Comment

एमालेले निर्वाचन सार्न दवाव दियोः गोपाल किराती

७ बैशाख, झापा । माओवादी केन्द्रका नेता गोपाल किरातीले बैशाख ३१ गतेको स्थानीय चुनावलाई पाँच पहिना पछि सार्न एमालेले दबाव दिएको आरोप लगाएका छन् ।

विहीबार झापाको विर्तामोडमा आयोजित योङ कम्युनिष्ट लिग र अनेरास्ववियु क्रान्तिकारीको जिल्ला सम्मेलन उदघाटन समारोह तथा जनसभालाई सम्बोधन गर्दै उनले एमालेले बैशाखको चुनावलाई असोजमा सार्न दवाव दिइरहेको बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली, नेताहरू बामदेव गौतम, झलनाथ खनाल लगायतले चुनाव सार्न माओवादीलाई दबाव दिएको उनको भनाइ छ।

प्रदेश नम्बर १ का माओवादी इञ्चार्ज समेत रहेका किरातीले चुनाव सार्ने षड्यन्त्र भए के हुन्छ भन्ने कुरा बेलैमा बिचार गर्न एमाले नेताहरुलाई चेतावनी पनि दिए ।

कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment