काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले हीरक महोत्सवको अवसरमा बिहीबारदेखि बृहत् पुस्तक प्रदर्शनी सुरु गरेको छ ।
प्रदर्शनीको उद्घाटन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले पठन संस्कृतिमा टेवा पुर्याउने उद्देश्यले विभिन्न अवसरमा पुस्तक प्रदर्शनी आयोजना गर्दै आएको भन्दै यो प्रदर्शनी त्यसैको संस्करण भएको बताए ।
प्रदर्शनीमा प्रज्ञा-प्रतिष्ठानले प्रकाशन गरेका विभिन्न भाषाका शब्दकोश, भाषा, साहित्य, संस्कृति, इतिहास, ललितकला, सङ्गीत, नाट्य, दर्शनशास्त्र, समाजशास्त्र, धर्मशास्त्र, विदेशी साहित्यको अनुवाद लगायत विविध विधाका पुस्तक तथा नियमित प्रकाशनहरू राखिएका छन् ।
प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको प्रतिष्ठानका सदस्य–सचिव जीवेन्द्रदेव गिरीले जानकारी दिए । प्रदर्शनी १५ दिनसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4