Comments Add Comment

हृदय रोग वा उच्च रक्तचाप नियन्त्रण गर्ने सजिलो काइदा

शरीरको विभिन्न हिस्साको रक्त वाहिका बन्द हुँदा विभिन्न किसिमको स्वास्थ्य समस्या आउन सक्छ । यसले हृदयघात वा स्ट्रोकको खतरा पनि निम्त्याउँछ । त्यही कारण मुटुलाई स्वस्थ्य राख्नका लागि सधै सर्तक हुनुपर्छ । यहाँ यस्तो घरेलु विधी दिइएको छ, जसले मुटु रोग तथा उच्च रक्तचापको समस्याबाट छुटकारा दिलाउन सहयोग गर्छ ।

आवश्यक सामग्री

–     २ लिटर शुद्ध पानी

–     ४ वटा अग्र्यानिक कागति

–     ४ केस्रा लसुन

–     सानो टुक्रा अदुवा

कसरी बनाउने ?

–     कागतीलाई केहि टुक्रा बनाउने

–     लसुन र अदुवाको बोक्रा निकालेर काट्ने

–     कागति, अदुवा र लसुनलाई ब्लेन्डरमा राखेर राम्ररी ब्लेन्ड गर्ने । वा राम्ररी पिस्ने ।

–     जब पेस्ट तयार हुन्छ, यस मिश्रणमा आगोमा पकाउने । त्यसमाथि पानी हाल्ने ।

–     जब मिश्रण उम्लिन्छ । तब निकालेर सेलाउन दिने ।

–     अब मिश्रणलाई छानेर बोत्तलमा राख्नुपर्छ । त्यसलाई पि|mजमा स्टोर गर्न सकिन्छ ।

(उक्त मिश्रण रातीको खाना खानुभन्दा २ घण्टाअघि एक-एक गिलासको दरले सेवन गर्नुपर्छ ।)

रक्तचाप कसरी कम गर्ने ?

रक्तचाप नियन्त्रण गर्नमा मानसिक तथा शारीरिक परिवर्तन आवश्यक छ ।

शारीरिक रुपमा

– नियमित व्यायाम गर्ने, प्राणयाम गर्ने । यसले शरीरमा रक्त प्रवाह राम्ररी हुन पाउँछ । साथै मानसिक शान्ति पनि मिल्छ ।

–     धेरै समय एकै स्थानका बसेर काम नगर्ने । कामको विचमा पनि उठेर शरीर तन्काउने, हिँड्ने ।

–     बिहान उठेपछि ४५ मिनेट जति छिटो-छिटो पैदल हिँड्ने ।

मानसिक रुपमा

–     धेरै तनाव नलिने । एकसाथ धेरै काम सक्ने प्रयास नगर्ने ।

–     काम गरिरहेका बेला ब्रेक लिने । रमाइलो गर्ने । लामो श्वास फेर्ने ।

–     धेरै महत्वकांक्षी नहुने । आफुसँग जे छ, त्यसैमा सन्तोष लिने ।

–     अरुसँग तुलना गरेर आफुलाई कमजोर नठान्ने ।

खानपान

–     नुनको कम प्रयोग गर्ने । चिप्लो, तारेको, प्याकेटमा राखिएको खानेकुरा सेवन नगर्ने । मैदाजन्य पदार्थबाट बन्ने खानेकुरा सेवन गर्ने ।

–     उच्च फाइबरयुक्त खानेकुरा सेवन गर्ने ।

–     मदिराको सेवन नगरौं । बरु, पर्याप्त पानीको सेवन गर्ने ।

–     एकै पटकमा धेरै खाना नखाने । पटक पटक थोरै-थारै खाना खाने ।

–     रातो मासु नखाने । माछा, अन्डाको सेतो भाग, सिस्नु, ग्रीन टिको सेवन भने एकदमै लाभदायक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment