Comments Add Comment

कांग्रेसले जे बोल्छ, त्यो पूरा गर्छः देउवा

९ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताले स्थानीय निकायको निर्वाचनमा पनि आफ्नो पार्टीले अग्रस्थान प्राप्त गर्ने दाबी गरेका छन् ।

जनताले पत्याएको पार्टीका रुपमा कांग्रेस स्थापित भइसकेको भन्दै उनीहरूले २०७० को संविधानसभा निर्वाचनमा प्राप्त गरेको जनविश्वास पुनः आसन्न स्थानीय निकायको निर्वाचनमा प्राप्त गर्ने दाबी गरेका हुन् । अखण्ड नेपाल पार्टी समानान्तर कमिटीलार्इ पार्टीमा प्रवेश गराउँदै कांग्रेसका शीर्ष नेताले मधेसी मोर्चासँगको छलफल अन्तिमचरणमा पुगेको जानकारी दिए ।

संयोजक दयाराम पाण्डेसहित ४५ जिल्लामा रहेका जिल्ला कार्यसमितिसहित एक हजार भन्दा बढी नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

सभापति शेरबहादुर देउवाले विपन्न जनताको आर्थिक एवम् सामाजिक जीवनलाई माथि उठाउन ‘नेकाले जे बोल्छ, त्यो पूरा गर्छ’ भनेका छन् । शान्ति, प्रजातन्त्रका लागि कांग्रेसले ०७ सालदेखि जनताको अधिकारका लागि अनवरत रुपमा सङ्घर्ष गर्दै आएको र आगामी दिनमा जनताको आर्थिक समृद्धि र उन्ननयका लागि काम गर्ने उनले बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमार्फत राजनीतिक स्थायित्व दिई देशलाई समृद्धिको यात्रामा हिँडाउन पार्टीले नेतृत्व लिने बताए ।

महामन्त्री डा. शशांक कोइरालाले निर्वाचनलाई आफ्नो पार्टीले प्रतिष्ठाको विषय बनाएको भन्दै गत संविधानसभाको निर्वाचनमा जनताले दिएको विश्वास आगामी निर्वाचनमा समेत प्राप्त हुने विश्वास व्यक्त गरे । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment