Comments Add Comment

युनिलिभरको ‘हाम्रो राम्रो पसल अभियान’ काठमाडौंबाट सुरू


९ वैशाख, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले काठमाडौंबाट ‘हाम्रो राम्रो पसल अभियान’ सुरू भएको छ । ललितपुरको जाउलाखेलमा भब्य कार्याक्रम गरेर सुवात गरिएको अभियानलाई कम्पनीले यो अभियानलाई नेपालभरि बिस्तार गर्ने उद्देश्य लिएको छ ।

यो अभियानले उपभाक्त र विक्रेता दुबैलाई लाभ मिल्नेछ । उपभोक्तको हितसँग जोडिएको पसलको सजावट र युनिलिभरका उत्पादनको विश्वसनीयताको प्रवर्द्धन गर्न अभियन केन्दि्रत छ ।

‘हाम्रो राम्रो पसल’ मार्फत् अन्य साझेदारहरूसँग हातेमालो गर्दै युनिलिभरले उपभोक्ताहरूलाई दिइने सेवाको गुणस्तर वृद्धि गर्नमा ध्यान केन्दि्रत गर्ने प्रतिवद्धता जनाएको छ ।

हाम्रो राम्रो पसलले उपभोक्ताहरूलाई अझ गुणस्तरीय, सुखद किनमेलको अनुभूति प्रदान गर्ने कम्पनीले जनाएको छ । यस अभियानले युनिलिभरको विश्वस्तरीय सेवालाई अझ सर्वसुलभ बनाउने विश्वास गरिएको छ ।

यस कल्पनाशील र मनोरञ्जनपूर्ण कार्यक्रममा ३ हजारभन्दा बढी पसल संचालकहरूको सहभागिता थियो । कार्यक्रममा उपभोक्ताहरूलाई दिइने सेवाको गुणस्तर कसरी वृद्धि गर्ने भन्ने कुरा सिकाइएको थियो ।

कार्यक्रममा राजेश हमाल, पि्रयंका कार्की, इन्दिरा जोशी, कालीप्र्रसाद बास्कोटा, अलिशा राइ, सन्दिप क्षेत्री र माल्भिका सुब्बा जस्ता सुप्रसिद्ध कलाकारहरूले सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा महानायक (सुपरस्टार) राजेश हमालले भने-‘म युनिलिभर नेपालसँग धेरै वर्षअघिदेखि असोसिएट   छु, युनिलिभर एउटा यस्तो नेपाली कम्पनी हो, जसले लाखौँ नेपालीहरूको घर र मन छुँदै आएको छ । वर्षौँको कडा परिश्रमले आज युनिलिभर नेपाल लिमिटेड यहाँ पुगेको छ ।’

पि्रयंका कार्कीको आकर्षक प्रस्तुतिले दर्शकलाई मन्त्र मुग्ध पारेको थियो भने सन्दिप क्षेत्रीले कमेडी (हास्यव्यंग्य) प्रस्तुत गरेर दर्शकलाई पूरा मनोरञ्जन दिएका थिए ।

इन्दिरा जोशी र काली प्रसाद बास्कोटाले केही लोक पि्रयगीतहरू गाएका थिए, ती प्रस्तुतिहरू कार्यक्रमका प्रमुख आकर्षणहरू मध्ये एक थिए । कार्यक्रमको संचालन माल्भिका सुब्बाले गरेकी थिइन् ।

सन् १९९२ देखि युनिलिभरले नेपालमा उपभोक्ताका आवश्यकताहरू पुरा गर्दै आइरहेको छ । आफ्ना विविध उत्पादनहरूको माध्यमले युनिलिभरले धेरै नेपालीहरूको मन जितेको छ । परिवारहरूलाई चाहिने थरीथरीका उत्पादनहरूमा युनिलिभरका उत्पादनहरू उच्च स्थानमा रहेका छन् ।


स्वास्थ्य नेपाल, सक्षम नेपाल र हाम्रो नेपाल युनिलिभरको प्रतिबद्धता रहेको कार्यक्रत्रममा बताइयो । यही प्रतिबद्धता अन्तर्गत स्वस्थजीवनको उद्देश्य हासिल गर्नको लागि युनिलिभरले विभिन्न योजनाहरू सञ्चालन गर्दछ ।

युनिलिभरले स्वस्थ जीवन जिउने लक्ष्य हासिल गर्नका लागि भ्यासलिन हिलिङ प्रजेक्ट, पेप्सोडेन्ट ओरल हाइजिन र लाइफ ब्वायः हेल्प अ चाइल्ड रिच फाइभ जस्ता योजनाहरू कार्यान्वयन गरेको छ । साथै सन् २०१७को अन्त्यसम्ममा नेपालमा २ हजार साना तथा मझौला उद्यमीहरू सिर्जना गर्ने युनिलिभरको लक्ष्य छ ।

स्वास्थ्य, शिक्षा तथा सरसफाइ कार्यक्रमहरूको माध्यमबाट युनिलिभरले जन सहभागिता वृद्धि गर्ने उद्देश्य लिएको छ ।
स्वच्छ र सक्षम नेपालको सपना पुरा गर्ने दिशामा अघि बढ्दै यसले दिगो जीवन योजनालाई व्यवहारमा उतार्ने र सफल बनाउने लक्ष्य राखेको छ ।

‘यो सबै युनिलिभरको बृहत् दिगोपना कार्यक्रमको एउटा पाटो हो, जसले वातावरणमैत्री प्रगति हासिल गर्ने र सकारात्मक सामाजिक प्रभाव छोड्ने लक्ष्य राखेको छ’ युनिलिभरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment