Comments Add Comment

यी हुन् दुःखमा पनि खुसी रहने तरिका

खुसी हुनु मानिसको जन्मजात स्वभाव हो । आखिर एक सानो बच्चा अक्सर खुसी हुन्छ । किन ? किनकी उसलाई प्रकृतिले नै खुसी हुन सिकाएको छ । तर, जति जति उमेर बढ्दै जान्छ, वाह्य वातावरणले हाम्रो खुसी फितलो बन्दै जान्छ । व्यवहारिक जीवनमा प्रवेश गरेसँगै जिम्मेवारी, तनाव, प्रतिस्पर्धा, लोभ, मोह जस्ता कुराले हामीलाई खुशी भन्दा बढी दुःखी बनाउँछ ।

दुखमा पनि कसरी खुसी ?

तर, सबैको हकमा यस्तै हुन्छ भन्ने छैन । दुनियाँमा त्यस्ता व्यक्ति पनि हुन्छ, जसले आफ्नो प्राकृतिक खुसी गुमाएका हुँदैनन् । जतिसुकै गाह्रो, अप्ठ्यारो परिस्थितीमा पनि उनीहरुले खुसी हुन सिकेको हुन्छन् । उनीहरुलाई थाहा हुन्छ कि, दुखी हुदैमा समस्याको निकास निस्कदैन ।

उनीहरु खुसी हुन्छन् । तर, यसको मतलब उनीहरुको जीवनमा कुनै पीडा, अभाव, समस्या हुँदैन भन्ने होइन । त्यस्ता कुराले पनि उनीहरुलाई घेरा हाल्छ । तर, त्यसबाट बिचलित भएर आफ्नो खुसी गुमाउने अवस्था आउन दिदैनन् । उनीहरु व्यार्थ चिन्ता छाडेर अक्सर हासीखुसी रहन्छन् ।

प्रश्न उठ्छ, जब उनीहरु खुसी हुन्छन् भने बाँकी मानिसहरु किन खुसी हुन सक्दैनन् ? आखिर उनीहरुमा त्यस्तो के गुण हुन्छ, जसले तनावकाबीचमा पनि हाँसीखुसी बाच्ने तागत दिन्छ ?

यो उनीहरुको स्वभावसँग जोडिएको कुरा हो । सधै खुसी र सुखी हुने मानिसहरुको केहि निजी स्वभाव हुन्छ, जो अरुमा हुँदैन ।

उनीहरु राम्रो कुरा खोज्छन्, नराम्रो होइन

मानविय स्वभाव के हुन्छ भने, राम्रो भन्दा नराम्रो कुरा बढी खोतल्ने । हामीलाई नराम्रो कुुराले छिटै असर पनि गर्छ । अक्सर मानिस अर्कामा भएको कमी कमजोरी, त्रुटी बढी देख्छन् । कसैको सकारात्मक पक्ष भन्दापनि नकारात्मक एवं कमजोर पक्ष केलाउने गर्छन् । त्यसैमा चियोचर्चा गर्छन् ।

तर, सबै मानिस त्यस्ता हुँदैनन् । कति मानिस अरुको राम्रो खुबी, क्षमता, बिचार खोज्छन् । एउटा मानिस सर्बगुणी हुँदैनन् र दोषै दोषले भरिएका पनि हुँदैनन् । उनीहरुमा गुण हुन्छ र दोष पनि । तर, अर्काको गुण खोज्ने मानिस कमै हुन्छन् । तिनै कम मानिसहरु हुन्, जो खुसी हुन्छन् । यस्ता मानिस अरुको सकारात्मक पक्षमा ध्यान दिन्छन् । यहि कुराले उनीहरुलाई दुखी हुन दिदैन ।

माफ गर्न र माफी माग्न जान्ने

हामी एकअर्कामा इष्र्याको भावना राख्छौं । अरुलाई होच्याउन पाउँदा, अरुलाई पेल्न पाउँदा सन्तुष्ट हुन्छौं । तर, सधै खुसी रहने मानिसमा यस्तो स्वभाव हुँदैन । उनीहरु अरुलाई पीडा दिएर खुसी हुदैनन् । बरु सहयोग र सर्मपणको भावना राख्छन् । सबैप्रति सौहार्द्धपूर्ण व्यवहार गर्ने भएकाले उनीहरु खुसी रहन्छन् ।

आफुले गरेको गल्तीमा माफी माग्न र अरुको गल्तीमा माफी दिन पनि यस्ता व्यक्तिले कञ्जुस्याँई गर्दैनन् । यसले उनीहरुको मस्तिष्कमा अनावश्यक भार रहँदैन । मन हल्का हुन्छ । त्यही कारण उनीहरु दुखी हुँदैनन् ।

चारैतिर आफ्ना सहयोगीहरुको सञ्जाल निर्माण

सधै खुसी हुने व्यक्तिको स्वभाव के हुन्छ भने, परिवार, साथी, इष्टमित्र सबैसँग सन्तुलित र सहयोगी व्यवहार गर्ने । यसले उनीहरुप्रति कसैको नकारात्मक भाव पैदा हुँदैन । सबैले सहयोग र समर्पणको भावले हेर्छन् ।

परिवारका सदस्य, साथीभाई, आफन्तको एउटा ठूलो जमातलाई आफुप्रति सकारात्मक राख्ने स्वभाव भएकाले उनीहरु कुनैपनि झन्झटबाट चाडै मुक्त पनि हुन्छन् । किनभने उनीहरको समस्या समाधानका लागि सबैजना एकजुट भएर लागिपर्छन् । त्यही कारण साथी, परिवार, आफन्तसँग मिलनसार व्यवहार गर्ने मान्छेले दुखी हुनु पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment