Comments Add Comment

लामो आयु र निरोगी जीवनका लागि यसरी बदल्नुहोस् दिनचर्या

हामी चाहन्छौं, लामो आयु बाँच्न पाइयोस् । आफ्नो जीवनकालभरी निरोगी हुन पाइयोस् । रोगमुक्त, पीडामुक्त, तनावमुक्त जीवन जीवन पाइयोस् । यसका लागि कामना गरेर मात्र पुग्दैन, हामीले आफ्नो इन्दि्रयलाई वशमा राख्नुपर्छ । अनुशासित एवं स्वस्थ्य दिनचर्या अपनाउनुपर्छ ।

मात्र एक दिनको रुटिन तयार गर्नुहोस् । त्यही रुटिन अनुसार आफुलाई डोहोर्‍याउनुहोस् । यसले तपाईलाई सधै स्वस्थ्य, तन्दुरुस्त, खुसी, सुखी राख्छ । के छ त त्यस्तो सुत्र ?

–    सधै ब्रम्हा मुहूर्त (सूर्योदयअघि) उठ्नुपर्छ । यसबेला वायुमण्डलमा चल्ने स्वस्थ्य हावा हाम्रो शरीरले ग्रहण गर्छ, जसलाई प्राणवायु भनिन्छ ।

–    ओछ्यानबाट उठेपछि मल गरौं । त्यसपछि तीन गिलास जति तामाको भाँडोमा भण्डारण गरिएको पानी पिउनुपर्छ । यसले अम्लपित्त, मोटोपन, कब्जियत, रत्तचाप, नेत्र रोग, अपच जस्ता रोगबाट बचाउँछ ।

–    विहान उठेपछि मलमुत्र त्याग गर्नुपर्छ ।

–    अब हल्का व्यायाम गर्नुहोस् वा योग गरौं । ३० देखि ४५ मिनेटसम्म व्यायाम गरिसकेपछि स्नान गर्नुपर्छ ।

–    स्नानका लागि सितल पानी आवश्यक हुन्छ । नुहाउदा जहिले पनि टाउकोमा पानी हाल्नुपर्छ ।

–    नुहाउनु अघि, सुत्नुअघि र खाना खानुअघि पिसाब फेर्नैपर्छ । यसले तपाईलाई कम्मरको दुखाई, पथरी र पिसाबसम्बन्धी रोगबाट मुक्त राख्छ ।

–    नुहाइसकेपछि सस्र्यु, तोरीको तेलले शरीरमा मसाज गर्नुपर्छ ।

–    शरीरको क्षमता अनुसार मर्निङ वाक गर्ने, योग गर्ने वा व्यायाम गर्ने गर्नुपर्छ ।

–    खाना खानु ३० मिनेट अघि र खाना खाएको ३० मिनेटपछि पानी पिउनु हुदैन ।

–    दिनभरमा चार लिटरसम्म पानी पिउनुपर्छ ।

–    भोजन ग्रहण गर्दा सुरुमा मधुर रस (मीठो), मध्यमा अम्ल, लवण रस (नुनिलो, अमिलो) र अन्त्यमा तितो पदार्थ क्रमस मिलाउनुपर्छ ।

–    भोजनपछि बज्रासनमा १० मिनेटसम्म बस्नुपर्छ ।

–    भोजन लगत्तै दौडनु, यौन क्रिया गर्नु, नुहाउनु हानिकारक हुन्छ ।

–    भोजन गरे लगत्तै सुत्नु हुँदैन । यसले पाचन शक्ति नष्ट हुन्छ ।

–    नियमित रुपमा ७ देखि ८ घण्टासम्म सुत्नुपर्छ ।

–    साँझ घाम अस्ताउनुअघि रातीको खाना खनुपर्छ ।

–    विहानको खाना जति खाइन्छ, त्यसको आधा भाग दिउसो र दिउसोको आधा भाग राती सेवन गर्नुपर्छ ।

–    रातीको खाना खाएपछि तीन घण्टा पछि मात्र सुत्नु पर्छ । खाना खाइसकेपछि केहि समय बाहिर टहल्नु उत्तम हुन्छ ।

–    दिनमा दुई पटक मुखमा पानी भर्नुहोस् र सफा पानीले आँखामा छ्याप्नुहोस् । यसले आँखा तेजिलो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment