Comments Add Comment

कसरी थाहा पाउने तपाईको तौल सहि छ/छैन ?

यस्तो छ तौल घटाउने काइदा

मानिसको तौल कति हुनुपर्छ ? यसको जवाफ उक्त व्यक्तिको उचाई र शारीरिक बनौटलाई आधार मानेर दिन सकिन्छ ।

तौल बढी हुनु वा घटी हुनु भनेको शारीरिक समस्या हो । अस्वभाविक तौल बढी हुनुले विभिन्न रोग निम्त्याउँछ । शरीर भद्दा देखिन्छ । खानपान, जीवनशैली, हर्मोनल परिवर्तन जस्ता थुप्रै कारणले तौल बढ्छ । अस्वभाविक रुपमा कम तौल हुनु पनि ठीक होइन । यद्यपी हामीलाई थाहा हुँदैन, आफ्नो तौल कति हुनुपर्छ ?

मोटोपन जाँच्ने सर्वमान्य मानक

शरीरको तौल बढी हुनु र कम हुनु दुबै रोगको संकेत हो । त्यसैले आफ्नो तौलबारे जानकार हुनुपर्छ । यसका लागि सहि तरिका हो, बिएमआई अर्थात बडी मास इन्डेक्स । यो मोटोपन जाँच्ने सर्वमान्य मानक हो ।

यसरी जाँच्ने ?

हाम्रो शरीरको लम्बाई र तौलको हिसाब बिएमअईबाट निकाल्न सकिन्छ । तपाईले आफ्नो शरीरको लम्बाई सेन्टिमिटरमा नाप्नुपर्छ । र, त्यसमा १ सय घटाउनुपर्छ । जस्तो कि, तपाईको शरीरको लम्बाई ५ फिट दशमलव ५ इन्च छ भने तपाईको सेन्टिमिटरमा यो एक सय ७० सेन्टिमिटर हो । अब यसबाट  १०० घटाइदिने हो भने, बाँकी ७० रहन्छ ।

अतः तपाईको उचाई ५ फिट ५ इन्चको छ भने, तौल ७० केजी हुनुपर्छ । यो भन्दा कम वा बढी तौल सहि हुन्न ।

हाम्रो औसत उचाई पाँच फिट भन्दा माथि हुन्छ ।

–    पाँच फिट उचाई भएको मानिसको तौल ५० देखि ५४ केजीसम्म सामन्य हो ।

–    ५ फिट १ इन्च उचाई भएको व्यक्तिको तौल ५१ देखि ५५ केजीसम्म सामन्य हो ।

–    ५ फिट २ इन्च उचाई भएको व्यक्तिको तौल ५६ देखि ६० केजीसम्म सामन्य हो ।

–    ५ फिट ३ इन्च उचाई भएको व्यक्तिको तौल ५७ देखि ६१ केजीसम्म सामन्य हो ।

–    ५ फिट ४ इन्च उचाई भएको व्यक्तिको तौल ५८ देखि ६३ केजीसम्म सामन्य हो ।

–    ५ फिट ५ इन्च उचाई भएको व्यक्तिको तौल ६० देखि ६५ केजीसम्म सामन्य हो ।

–    ५ फिट ६ इन्च उचाई भएको व्यक्तिको तौल ६१ देखि ६६ केजीसम्म सामन्य हो ।

–    ५ फिट ७ इन्च उचाई भएको व्यक्तिको तौल ६४ देखि ६९ केजीसम्म सामन्य हो ।

–    ५ फिट ८ इन्च उचाई भएको व्यक्तिको तौल ६५ देखि ७० केजीसम्म सामन्य हो ।

–    ५ फिट ९ इन्च उचाई भएको व्यक्तिको तौल ६७ देखि ७२ केजीसम्म सामन्य हो ।

–    ६ फिट उचाई भएको व्यक्तिको तौल ७३ देखि ७८ केजीसम्म सामन्य हो ।

–    ६ फिट १ इन्च उचाई भएको व्यक्तिको तौल ७३ देखि ८० केजीसम्म सामन्य हो ।

–    ६ फिट २ इन्च उचाई भएको व्यक्तिको तौल ७७ देखि ८३ केजीसम्म सामन्य हो ।

–    ६ फिट ३ इन्च उचाई भएको व्यक्तिको तौल ७९ देखि ८५ केजीसम्म सामन्य हो ।

खतरानक अवस्था

सामन्य भन्दा बढी तौल हुनु भनेको शरीरमा रोगको संभावना बढ्नु पनि हो । त्यसैले सकेसम्म तौललाई नियन्त्रण गर्नुपर्छ । असामन्य माटोपनले मधुमेह, उच्च रक्तचाप लगायत हृदय रोगको खतरा बढाउँछ ।

कसरी बढ्छ मोटोपन

माटोपन बढ्नुको केहि कारण छन् । एक त हाम्रो जीवनशैली पनि मोटोपन बढ्नुमा जिम्मेवार हुन्छ । अस्तव्यस्त जीवनशैलीको कारण शरीरमा बोसोको मात्रा बढ्छ । त्यस्तै जथाभावी र अनियन्त्रित खानपानले पनि मोटोपन बढ्छ । कतिपय हर्मोनल परिवर्तनको कारणले समेत शरीरमा अस्वभाविक मोटोपन बढ्ने वा घट्ने हुन्छ । यसबाहेक बंशानुगत कारणले मोटोपन बढ्ने तथ्य बाहिर आएको छ ।

सामन्य हिसाबले हेर्दा, हामी खानाको रुपमा जति क्यालोरी लिन्छौं, त्यस अनुरुप खर्च गरिएन भने तौल बढ्छ ।

१. शरीरलाई आवश्यक्ताभन्दा बढी खानेकुराको सेवन

२. निस्क्रिय जीवनशैली

३. बंशानुगत कारण

४. कतिपय अवस्थामा मनोवैज्ञानिक कारणले पनि मोटोपन बढ्छ

५. गर्भावस्थामा तौल बढ्न सक्छ ।

६. केहि यस्ता औषधी हुन्छ, जसले मोटोपन बढ्छ

कसरी घटाउने तौल ?

तौल घटाउनका लागि धेरैले खानपानमा कटौती गर्छन् । तर, यो सहि तरिका होइन । खानपानमा कटौती गर्दा शरीरलाई आवश्यक पोषक तत्वको अभाव हुन्छ । परिणमतः त्यसले रोग निम्त्याउन सक्छ ।

१. तौल घटाउनका लागि आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्छ । खाने, वस्ने, सुत्ने समय नियमित हुनुपर्छ । शारीरिक क्रियामा जोड दिनुपर्छ । सधै सक्रिय र फुर्तिलो हुनुपर्छ ।

२. खानपानमा विशेष ध्यान दिनुपर्छ । एकै पटकमा धेरै खाना खानु हुँदैन । सकेसम्म हल्का र सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ । तारेको, भुटेको, मसलेदार, वोसोयुक्त खानेकुराले पनि तौल बढाउँछ ।

३. एकै स्थानमा लामो समय बस्ने, भोक लागेपछि एकैपटक धेरै खाने बानी त्याग्नुपर्छ । कार्यलयमा होस् वा घरमा, यताउता हिँड्ने, सानोतिने शारीरिक काम गर्ने गर्नुपर्छ ।

४. तौल सन्तुलित राख्ने राम्रो काइदा हो, व्यायाम । नियमित रुपमा व्यायाम, योगा गर्दा पनि तौल बढ्दैन ।

५. सकेसम्म दिनभर पैदल हिँड्ने बानी गरौं । छोटो यात्रा गर्नुपरे पनि गाडी, मोटरसाइकल चढ्ने बानी त्याग्नुपर्छ ।

६. राती खाना खानसाथ सुत्नु हुँदैन । खाना र सुत्ने समयवीच कम्तीमा तीन घण्टाको अन्तर हुनुपर्छ ।

७. टेलिभिजन हेर्दे, कम्प्युटर, ल्यापटप, मोबाइल चलाउँदै स्न्याक्स खाने बानी त्यागौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment