+
+
Shares

स्थानीय तहको संख्या बढाउन लागेको भन्दै एमालेद्वारा संसद अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १२ गते १४:०२
फाइल तस्वीर

१२ बैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले बालानन्द पौडेल नेतृत्वको आयोगको प्रतिवेदनलाई खण्डित गर्ने गरी सरकारले स्थानीय तहको संख्या बढाउन खोजिएको भन्दै व्यवस्थापिका संसद बैठक अबरुद्ध गरेको छ ।

संसदको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद गंगाधर तुलाधरले स्थानीय विकास मन्त्रालयले परिपत्र गरेको सूचना आएको बताए । उनले भने, ‘पुनर्संरचना आयोगको प्रतिवेदनलाई खण्डित हुने गरी केही स्थानीय तहको संख्या बढाउन कोटा तोकिएको छ भन्ने सुन्न आएको छ । यसो हो भने निर्वाचनको वातावरण भाँडिनेछ ।’

यो षड्यन्त्रकारी मनसायबाट भएको हुनसक्ने भन्दै उनले परिपत्र भएको हो कि होइन ? भएको हो भने किन भन्ने सम्वन्धित मन्त्रीले जवाफ दिनुपर्ने बताए ।

लगतै एमाले सांसदहरु उठेर विरोध गरे ।

सभामुख ओनसरी घर्ती मगरले सदनको ध्यानाकर्षण भएको भन्न्दै पटक-पटक बस्न आग्रह गर्दा पनि एमाले सांसदहरुले मन्त्रीले जवाफ दिनुपर्ने अडान राखे ।

एमालेको अवरोधपछि संसद बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?