१२ बैशाख, काठमाडौं । नेपालमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको बार्षिकी स्मरण गरिरहँदा दक्षिण अमेरिकी राज्य चिलीको पश्चिम तटीय क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पपछि राजधानी सान्टियागो तथायल प्रशान्त तटीय क्षेत्रमा उच्च सुरक्षा अपनाउन अपील गरिएको छ । भूकम्पले गम्भीर क्षति पुर्याएको सूचनाहरु आएका छ्रैनन् ।
भूकम्प चिलीको सदरमुकामबाट १३७ किलोमिटर पश्चिम तथा समुद्री तटबाट २२ किलोमिटर पर१० किलोमिटर मूनि केन्द्र बनाएर गएको अमेरिकी भौगर्विक केन्द्रले जनाएको छ ।
‘धक्का छोटो समयका लागि थियो, तर निक्कै शक्तिशाली थियो ।’ भालपाराइसो शहरको उत्तरी क्षेत्रमा रहेको एक क्लिनिककी २६ बर्षीया नर्स पालोमा सलेमोले भनिन् ।
सुनामीको संकेत सुनेपछि मानिसहरु आवश्य बन्दोबस्तीका सामानसहित बालबच्चाबोकेर पहाडी इलाकातर्फ भाग्न थालिसकेका थिए । उनले भनिन्, तर सुनामीको सम्भावना बिस्तारै कम हुँदै गयो ।
चिलीको जल सैनिक र प्रशान्त महासागरको सुनामी चेतावनी केन्द्रका अधिकारीहरुलले भालपाराइसो शहरमा जारी गरिएको सुनामीको चेतावनी रद्ध गरेका छन् । उनीहरुले भनेका छन् कि यस भूकम्पले खतरनाक सुनामीको सम्भावना छैन, तर १५ सेन्टिमिटर अग्लो पानीको लहर उठ्नेछ ।
भालपाराइसो शहरमा कुनै भौतिक क्षतिको बिवरण आएको छैन । तर त्यहाँका स्थानीय सरकारका एक प्रवक्ताले भने शहरका केहि स्थानमा मोवाइल फोनको नेटवर्क बन्द भएको जनाएका छन् ।
चिलीका आन्तरिक मामिलामन्त्री मारियो फर्नाण्डिजले भने, ‘हामीसँग कुनै पीडितबारेको तथा भौतिक संरचना बिगि्रएकोबारे जानकारी छैन । केहि स्थानहरुमा सुख्खा पहिरो गएको छ तर त्यहाँ कुनै जटिलता छैन ।’
सेन्ट्रल चिलीमा अवस्थित संसारकै सबैभन्दा ठूलो तामा खानीका निर्देशक कोडेल्कोले भूकम्पका कारण कम्पनीको सञ्चालनमा कुनै असर नपरेको जानकारी दिए ।
७.१ म्याग्निच्च्युडको भूकम्पलाई सामान्यतयः शक्तिशाली मानिन्छ र यसले निकै ठूलो नात्रामा क्षति पुर्याउन सक्छ । तर यसको प्रभाव सामान्य रहृयो किनकी यसको केन्द्र समुद्रको बीचमा थियो ।
भूकम्प लगत्तै ५ भ्याग्निच्युडमाथिका दुई पराकम्प गइसकेको र त्यसको महशुस राजधानी सान्टियागोमा पनि गरिएको बताइएको छ ।
सन् २०१० मा चिलीको दक्षिणी तटीय केन्द्र नजिकै गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि ५०० भन्दा बढीको मृत्यु भएको थियो भने तटीय क्षेत्रका थुप्रै बजारहरु ध्वस्त भएका थिए ।
प्रतिक्रिया 4