+
+

राज्यप्रति धुर्मुसको गुनासो- बिनाशले बिकासको मुल फुटाउँछ भन्थे तर, हाम्रोमा त्यस्तो भएन

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १२ गते १५:१६

१२ बैशाख, काठमाडौं । भूकम्पपछि दुई स्थानमा एकीकृत वस्ती निर्माण गरेर वाहीवाही कमाएका कलाकार सिताराम कट्टेल धुर्मुसले भूकम्पको दुई वर्ष वितिसक्दा पनि प्रभावित जिल्लाहरुको पुननिर्माण सम्पन्न नभएकोप्रति दुःख व्यक्त गरेका छन् ।

भूकम्पको दोस्रो बार्षिकी पारेर भूकम्प पीडित तथा सहयोगी समाजले रिपोर्टस क्लवमा मंगलबार गरेको सम्मान ग्रमणपछि धुर्मुसले भने, ‘पूर्ननिर्माणको लागि ठूला-ठूला विदेशी सहायता आएका थिए, तर सरकारले पूर्ननिर्माणको काममा गति लिन सकेन, अब फेरि अर्को विपद आउँदा विदेशी सहायता नआउन पनि सक्छ, यतातिर हामी सबै गम्भीर बन्नुपर्छ ।’

विनाशले विकासको मुल फुटाउँछ भनेजस्तै नेपालमा पनि महाभुकम्पलाई अवसरमा परिणत गर्नमा सरकार लगायत सम्बन्धित सबै चुकेकोमा धुर्मुसले गुनासो गरे । उनले भने,’हामीले भारतको गुजरात देखेका थियौं, आज गुजरात विश्ककै पर्यटकीय गन्तव्य बनेको छ, हाम्रो देश त प्राकृतिक सौन्दर्यले पनि त्यतिकै धनी छ, सरकारले पूर्ननिर्माणको लागि दरिलो नीति ल्याउनुपर्दथ्यो ।’

उनले पूर्ननिर्माणको लागि बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा समेत बढी राजनीतिकरण भएको आरोप लगाए । ‘कहिले सिईओ परिवर्तन गर्ने काम भए, पीडितको नाममा राजनीति हुनुहुँदैन्थ्यो ।’, उनले भने ।

प्राधिकरणलाई बिभिन्न मन्त्रालयसँग सहकार्य गर्नुपर्ने झन्झट भएकाले छुट्टै मन्त्रालय गठन गरेर पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने धारणा उनले ब्यक्त गरे ।

धुर्मुसले आफूहरुको अभियान पनि सरकारलाई सहयोग गर्ने रहेको बताए । उनले भने, ‘पूर्ननिर्माणको लागि रकेटको स्पिडमा काम गरेका छौं, जे बोल्छौं, त्यो पूरा गरेरै छाड्छौं ।’

उनले पार्टीको झण्डाभन्दा पनि देशको झण्डा ठूलो भएकोले पीडितको नाममा कसैलेपनि राजनीति गर्न नहुने धारणा राखे ।

त्यस्तै कार्यक्रममा सम्मानित कुञ्जना घिमिरले सुन्तलीले पनि डरलाई शक्तिमा परिणत गरेर मनलाई शुद्धीकरण गर्दै अरुको लागि जीउनुको मज्जा नै अर्के हुने बताइन् । आफूहरुको अभियान यसैकारण सफल भएको उनको धारणा थियो ।

उनले नेपालमा राष्ट्र र राष्ट्रियता आजकै दिन अर्थात बैशाख १२ गतेले ल्याएको बताउँदै अर्काको दुःखमा मल्हम लगाउने काममा जुट्न आग्रह गरिन् । उनले भनिन्,’अर्काको दुःखमा मल्हम लगाएर आनन्द लिने बानी धुर्मुस-सुन्तलीलाई परिसकेको छ, यो भन्दा अर्को मिठो आनन्द केही पनि छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?