+
+
Shares

नेपाल स्काउटको तदर्थ समिति गठन गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १२ गते १४:२१

१२ बैशाख, काठमाडौं । नेपाल स्काउट स्काउटर समूहले नेपाल स्काउटको तदर्थ समिति यथाशीघ्र छिटो गठन गर्न माग गरेको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नेपाल स्काउटर समूहले केन्द्रीय कार्यालयको राष्ट्रिय परिषदको बैठक बस्न नसक्दा नेपाल स्काउटभित्र अनियमितता भएको, गैर-स्काउटलाई स्थान दिइएकोले अहिले स्काउटको छवि नै धुमलिएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको तदर्थ समिति विघटन गरी नयाँ तदर्थ समिति गठन गर्न दिएको निर्देशन अहिलेसम्म पनि कार्यान्वयन नभएको उनीहरुको आरोप छ ।

कार्यक्रममा बरिष्ठ स्काउटर हरिबहादुर श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले निर्देशन दिएको आज २७ दिन वितिसक्दा पनि अहिलेसम्म तदर्थ समिति गठन भएको छैन ।’ उनले तदर्थ समिति तत्काल गठन गर्नुपर्ने, आर्थिक अनियमितता रोक्नुपर्ने र स्काउटलाई स्वच्छ रहन दिनुपर्ने तीन बुँदे माग आफूहरुको रहेको सुनाए ।

त्यस्तै कार्यक्रममा स्काउटरहरु देवदुत अधिकारी, कमल काफ्ले र तरुणदत्त रञ्जितले पनि आफ्ना कुरा राखेका थिए ।

सरकारको युवा तथा खेलकुद मन्त्रालयले मिति २०७३ चैत्र ९ गते नै तदर्थ समिति गठन सम्बन्धमा स्पष्ट रुपमा लेखेको कुरा चिठी समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

चिठीमा लेखिएको छ, ‘नेपाल स्काउटको प्रचलित ऐन तथा नियमावली बिपरित अवैधानिक ढंगबाट कार्यरत हालको कार्यसमितिलाई विघटन गरी नेपाल स्काउटको मर्यादा एवम् गरिमालाई जोगाई सम्पूर्ण स्काउट्सको मनोवल उच्च राख्न यथासक्य चाँडो ऐन संशोधन गरी निर्वाचन गर्ने प्रमुख उद्देश्य राखी तदर्थ समिति गठन गर्नको लागि निर्णय गर्नहुन अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?