Comments Add Comment

डिलरको नियुक्ती वा खारेजीमा हाम्रो भूमिका रहँदैनः एनसेल

१३ वैशाख, काठमाडौं । एनसेल प्रालिले आफूसँग कामगरिरहेका बितरक अन्तर्गतका केहि डिलरले कम्पनीका बारेमा झुटा तथा आधारहिन आरोप लगाएको बताएको छ ।

यसले भ्रम फैलाउने काम गरेको र कम्पनीका कर्मचारी उपर व्यक्तिगत गालिगलौज, लाञ्छना तथा चरित्र हत्या गर्ने खालका नाराबाजी गर्दै एनसेल कार्यालयको मुलद्वारमा प्रदर्शन गरी कम्पनीको कार्य संचालनमा व्यवधान पुर्‍याउने काम गरेको जनाएको छ ।

एनसेलले आफ्ना सिम तथा रिचार्ज कार्ड देशभर पुर्‍याउन तथा बिक्रीबितरणका लागि ५ वटा वितरकमार्फत कार्य गर्दै आएको जनाएको छ । यी वितरकसँग एनसेलको सम्झौता रहेको र उनीहरुले सोहि सम्झौता अन्तर्गत रहि काम गर्दै आएका छन् । केहि डिलरले दाबी गरे झैं एनसेलले बितरकको सम्झौता खारेज नगरेको जनाएको छ ।

‘डिलरको नियुक्ती बितरकले आफ्नो व्यावसायिक योजना तथा आवश्यकता बमोजिम गर्ने गरेका हुन्छन् । डिलरसँग एनसेलको प्रत्यक्ष सम्झौता रहने व्यवस्था छैन, यसर्थ एनसेलले डिलर हटाएको भन्ने आरोपमा कुनै सत्यता छैन र वितरकको तर्फबाट पनि कुनै डिलरलाई हटाएको जानकारी आएको छैन ।’

एनसेलको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले एनसेलले डिलरसँग सम्झौता खारेज गर्ने भन्ने कुरै आउँदैन । डिलरको नियुक्ती वा खारेजीमा एनसेलको कुनै भनाई वा भूमिका रहँदैन । यो नितान्त बितरकको कार्याधिकारमा पर्ने कुरा हो ।’

एनसेलले उच्च मानवीय मूल्यसहितको कार्यसंपादन संस्कृति अबलम्बन गरेको र कम्पनीले सँधै ग्राहकलाई लाभ प्रदानगर्ने उद्देश्य पूर्तिका लागि आफ्नो कार्यक्षमतामा अभिवृद्धि गर्न विभिन्न व्यावसायिक रणनीतिहरु अंगिकार गर्दै तिनको निरन्तर कार्यान्वयन गर्दै आएको जनाएको छ ।

एनसेलले विभिन्न क्षेत्रमा रिचार्ज कार्ड तथा ई-टपअपको अझ चुस्त व्यवस्थापनका लागि जोनल एजेन्ट नियुक्त गर्ने प्रकृया शुरु गरेको छ । यसको उद्देश्य ग्राहक सेवालाई अझ प्रभावकारी बनाउने रहेको कम्पनीले बताएको छ ।

साथै डिलरलाई पनि जोनल एजेन्ट भई एनसेलसँग सिधै आबद्ध भई काम गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरुलाई आफ्नो अनुकुलता तथा लाभबमोजिम बितरक तथा जोनल एजेन्ट दुबैसँग कार्य गर्न सक्ने अवसर सिर्जना गर्ने रहेको विेप्तमा बताइएको छ । ।

कुनै पनि समायोजन गर्दा एनसेलले सधै सम्बन्धित पक्षलाई संलग्न गर्दै र ग्राहक सेवा तथा प्रतिस्पर्धालाई योगदान पुर्‍याउने खालका प्रतिकि्रया तथा रचनात्मक सुझावलाई खुला हृदयले ग्रहण पनि गर्दै आएको बताएको छ ।

यस्ता विषयमा डिलरलाई कुनै पनिजानकारी चाहिए वा प्रतिक्रिया रहे उनीहरुलाई नियुtm गर्ने वितरकसँग कुरा राखी आफ्नो समस्याको समाधान गर्न सक्ने कम्पनीले जनाएको छ ।

डिलरले एनसेल कार्यालय अगाडि हुलहुज्जत गर्ने, व्यक्तिगत गालिगलौज, लाञ्छना तथा चरित्र हत्या गर्ने जस्ता अवाञ्छित गतिविधि गरेको भन्दै यस एनसेलले खेद व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment