शनिबार, १२ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

घरबेटीलाई होइन, अब सरकारलाई तिर्नुपर्ने भो कोठाभाडा !

भाडा निर्धारण आयोग गठन गरिने

Suzuki
विजयराज खनाल

१३ बैशाख, काठमाडौं । काठमाडौंका डेरावालहरुले अब घरबेटीलाई होइन, सरकारलाई कोठाभाडा तिर्नुपर्ने अवस्था आउन लागेको छ । यसबारे नीतिगत निर्णय भइसकेको र आगामी आर्थिक वर्षको बजेटमा घोषणा हुने स्रोतले बतायो ।

सरकारको योजना कार्यान्वयनमा आयो भने अब डेरावालले प्रत्येक महिना सरकारी खातामा घरभाडा जम्मा गर्नुपर्ने छ । सो घरभाडाबाट १० प्रतिशत कर काटेर सरकारले सम्वन्धित घरधनीको खातामा जम्मा गरिदिनेछ । यसका लागि अहिले कार्यविधि बनिरहेको स्रोतले अनलाइनखबरलाई बतायोे ।

अर्थमन्त्रालयमा केही दिनयता भइरहेको बजेट छलफलका क्रममा यो विषयले प्राथमिकता पाएको थियो । स्रोतका अनुसार अर्थमन्त्री कृष्णबहादर महराले यसमा निकै चासो दिएका छन् ।

‘बाहिरका केही देशमा यस्तो अभ्यास छ, यसो गर्दा सरकारलाई कति घर भाडामा गएका छन् भनेर यकिन तथ्यांक राख्न पनि सजिलो हुन्छ भने घर बहाल कर छल्ने सम्भावना पनि अन्त्य हुनेछ,’ स्रोतले भन्यो । यो व्यवस्थापछि डेरा खोज्नेलाई पनि कहाँ खाली छ भनेर थाहा पाउन सजिलो हुने कर्मचारीको दाबी छ ।

कर छली रोकिने

अहिले घरभाडा उठाउनेले घरबाहल कर तिर्नुपर्न ब्यवस्था भएपनि अधिकांश घरबेटीले सरकारलाई घरबहाल कर बुझाउँदैनन् । बुझाउनले पनि सरकारलाई फर्जीसम्झौता बनाएर सस्तोमा बहाल कर तिर्ने गरेका छन् ।  डेरावालसँग कर तिर्नेगरी भाडा उठाएपनि उनीहरुले कर छली गर्दै आएका छन् ।

कोठाभाडा सरकारकै खातामा जम्मा गर्ने प्रावधान बनेपछि घर भाडाबाट कर तिर्न बाध्यता सिर्जना हुनेछ । यसबाट सरकारले घरबहाल कर सम्पूर्ण रुपमा उठाउनेछ । सरकारले कर कटाएर मात्रै घरबेटीको खतामा रकम जम्मा गर्ने भएकाले घरबेटीहरु कर छल्न सहज हुने छैन ।

अहिले कोठाभाडा मनललाग्दी तवर उठाउने परम्परामा पनि यो ब्यवस्था पछि कमी आउनेछ । सरकारले वैधानिक रुपमा निर्धारण गरेको मापदण्डअनुसार नै भाडा तिर्न पाउँदा डेरावाल पनि लाभान्वित हुनेछन् । सरकारले वैज्ञानिक रुपमा कोठाको आकार, सुविधा लगायतको विश्लेषण गरेर भाडा तय गरिदिनेछ ।

करको ४० प्रतिशत सोही क्षेत्रको विकासमा

घरबहाल कर वापत घरधनीबाट काटिने १० प्रतिशत करको ४० प्रतिशत रकम त्यही क्षेत्रको पूर्वाधारमा प्रयोग गर्ने नीति सरकारले लिने भएको छ ।

यसको अर्थ ललितपुर महानगरपालिकामा उठेको घरबहाल करको ४० प्रतिशत रकम काठमाडौं महानगरपालिकामा खर्च गर्न पाइने छैन । घरबहाल करको बाँकी ६० प्रतिशत रकम भने केन्द्र सरकारले प्राथमिकता क्षेत्रहरुमा लगानी गर्न सक्नेछ ।

भाडा निर्धारण आयोग गठन गरिने

काठमाडौंमा वैज्ञानिक घरभाडा निर्धारणका लागि सरकारले आयोगसमेत गठन गर्ने भएको छ ।

‘काठमाडौंमा घरभाडा निर्धारणमा हालसम्म कुनै मापदण्ड अपनाइएको छैन, आफुखुशी घरभाडा तय गर्ने गरिएको छ,’ स्रोतले भन्यो, ‘यो महंगीमा घरभाडा बढाउनै हुँदैन भन्ने त होइन, तर त्यसको लागि केही आधार त चाहियो नि ।’

घरबहाल सरोकार महासंघका अनुसार उपत्यकामा १४ लाख मानिस घरभाडामा बस्छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार भने हाल देशका प्रत्येक १० जनामा १ जना र कुल जनसंख्याको १२.८१ प्रतिशत परिवार घरभाडामा बस्छन् । काठमाडौंमा भने ५८ प्रतिशत घरपरिवार भाडामा बस्छन् ।

नेपालीहरुले घरभाडाका लागि आफ्नो आम्दानीको औसत ११.६ प्रतिशत खर्च गर्ने गरेको पनि केन्द्रीय तथ्यांक विभागको अध्ययनले देखाएको छ ।

राप्रपाले पनि नयाँ नीति ल्यायो

यसैवीच सरकारले घरभाडा सम्बन्धी नयाँ नीति ल्याउन लागिरहेका बेला स्थानीय विकास मन्त्रालयको नेतृत्व सम्हालिरहेको राप्रपाले पनि स्थानीय जनताको आवासलाई व्यवस्थित बनाउने भन्दै ‘स्वामित्वमा साझेदारी नीति’ अघि सारेको छ ।

राप्रपाले बुधबार सार्वजनिक गरेको घोषणा पत्रमा आफूले जितेका महानगर र नगरपालिकामा यस्तो नीति लागू गर्ने भनिएको छ ।

राप्रपाले आफ्नो घोषणापत्रमा भनेको छ- ‘स्थानीय जनताको आवासको सुव्यवस्थित प्रवर्द्धन गर्नका लागि “स्वामित्वमा साझेदारी” (शेयर्ड ओनरसिप) को अवधारणा लागु गरिनेछ । यस प्रणालीमा आवास उपभोक्ताले घरको केही अंश वा तल्ला वा फ्याट घरधनीलाई रकम भुक्तानी गरी खरीद गर्ने र बाँकी रकम घरमा बसेवापत मासिक भाडाका रुपमा भुक्तानी गर्दैजाने प्रणाली स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी बहुमतले विजयी भएका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा लागु गरिनेछ ।’

२०७४ वैशाख १३ गते १४:४८ मा प्रकाशित (२०७४ वैशाख १४ गते १५:११मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

८१ प्रतिकृयाहरू प्राप्त
  • saugat लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १५:०६

    Now the room rent of Newroad area will be damn cheap. Hurry up you can find shutter with rs 5000. per month. and pay remaining 95000 to the house owner. Interesting

    79
    3
    Share

  • डेरावाला लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १५:०७

    ।। काठमाडौंका डेरावालहरुले अब घरबेटीलाई होइन, सरकारलाई कोठाभाडा तिर्नुपर्ने अवस्था आउन लागेको छ ।।
    काठमाडाै‌ बाहिरका डेरावालहरुले चाहिँ कसलाई घरभाडा तिर्ने नी ।
    कि काठमाडाै‌ बाहिरका डेरावालहरुले चाहिँ घरभाडा नै तिर्ने नपर्ने ।

    72
    10
    Share

  • jagat लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १५:०८

    sarkar ko yo nirnaya thik lagyo chhitrai karyanain ma lyaunuparyo

    35
    45
    Share

  • subash लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १५:०९

    Afnu le paune ghar bhanda lina pani sarkari karyala ma 30 din dhaunu parne hola 500 ghoos ni chadaunu parne hola…j hos aba neta lai bidesh ma upachar garna jana paisa pugne bhayo

    118
    11
    Share

  • bodhi singh sunar लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १५:१२

    धेरै राम्रो कार्य योजना । छिट्टै कार्यान्वयनमा अावस।

    42
    69
    Share

  • akash goyal लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १५:१७

    nice idea but initiation ko kura xa …
    it good to go in a system but wat if the house owner tells for eg to pay only 5000 to government as house rent and the owner him self ask for another 10000 plus from apart ………tax ta xalne kaam ajai ramari bhayo ni ………..and bhai ra xa who will see to this part ………problem will be faced by the people staying on rent

    32
    7
    Share

  • Rabin लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १५:२४

    Hait..

    Pahila Ncell sanga Sarkar le linu parne Kar wuthayera dekhau na….Ani manamla

    Janata marne kam matrai garne?

    145
    13
    Share

  • Krishna लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १५:२५

    Very good concept! Lets see the implementation.

    21
    51
    Share

  • Sachin लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १५:२७

    Ghar Bhada pani sarkar le toknu paryo.

    33
    31
    Share

  • Arjun kumar Chaudhary लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १५:३४

    गेस्ट-हाउसको भाडा पनि सरकार कै खातामा जम्मा गर्ने व्यवस्था मिलाए हुन्थ्यो ।
    एउटै सामानको मूल्य पसलै पिच्छे फरक-फरक हुन्छ ।
    एउटै गन्तब्य भएपनि काठमान्डाै भित्रिने र बाहिरिने सबै बसहरुको भाडा फरक-फरक छ ।
    म्यानपावरले पनि व्यक्ति पिछे फरक-फरक दरमा पैसा लिन्छ ।

    सबैको सरकारी खातामै जम्मा हुने ब्यबस्था मिलायो भने जनता ठगिने क्रम कम्ति हुने र राजस्व बढ्ने थियो कि ?

    142
    7
    Share

  • Sadan Khatri लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १५:४१

    Dalal haru desh bechera khana napugera aba janata ka kotha bhada ko 10% khana khojdaichan. Kathmandu ma janmera rajniti gareka bhaye po gharbeti haru ko marma bujhchan ta yee nakachara haru le.. bahira jilla bata aayera kathmandu ma kotha bhada ma basera ghar beti kai chori udaune dalal neta haru chor haru aru k k garera khana painchha sabai gar.
    Bikash ko nam ma makho marne hoina phurti matra dekhaune ta honi. khali jata bata pani janata nai mar ma.

    76
    11
    Share

  • nabin jha लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १५:५३

    malaae yo khabar sunera atyantai khushi laagekoxa yo niyem chado vanda chado suchaaru garnu paryo taaki haami students lai kotha khojne ra mahango bhada tirnu parne baadhyeta naparos

    12
    36
    Share

  • pratibha bohara लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १६:०५

    १०% कर त काट्ने भन्नुभयो तर घर धनिले घरभाडा के को आधारमा तोक्ने त ?मनोमानी या कुनै नीति छ सरकार हामी गरिबको लागि।

    50
    4
    Share

  • SHANKAR SHRESTHA लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १६:४५

    dhula dhula kanda machayera sarkar ma basera khana palkiyeka le aba ghar nahune lai bhada ma ghar pauna ni garo banaune vo. yo desh ma kati thula thula company,sangsansta, byaapari udhoy beosai haru ajai ni kaar chalera baseko xha tyo utauna kata ho kata aja bayena banera kar chalne naya bato life insurance ma chut diye ko xha life insurance ta dam hunele nai garne ho garib janta le ta gardaina kina life insurace ma tax choot dinu paryo………….. bujna garo xha kar chalne bato dekaune pani uhi kar utaune pani uahi hune lai ta gajab xha sana medium jatna lai ra tallo taha ko karmachari harulai chai dheri garo tax is tax kina life insurance garne lai matra choot dinu paryo per person ni core core ko life insurace hunxha ra/

    12
    1
    Share

  • Bindu लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १६:४९

    चुनाब आयो
    खाउला पिउला
    कहा पाउला ?
    जनता ठगौला
    थुक्क ठग !
    तलाई भोटै नदिउला .

    खै !
    हुनु पर्ने त यस्तै हो
    तर
    उबेला गणेशमान सिहले त्यसै भन्नु भा’कोथेन ‘ भेंडा जनता ‘
    हामि नेपाली जनता भेंडा नै झैँ भईरहेका छौ सधै भरि
    जब चुनाब आउछ सरकारले ललिपप देखाउछ
    जब चुनाब सिद्दिन्छ
    सरकार नै परिबर्तन हुन्छ
    जब चुनाब आउछ नेताले ललिपप देखाउछ
    जब चुनाब सिद्दिन्छ
    नेता नै जुका बनिदिन्छ —

    अलिकति गरिखाने जनताको घाटीमा डोरी बाध्ने
    अनि
    ह ह माले ह ! ह ह झाले ह भन्दै तिनै माथि दाई गरिरहने
    कत्ति पनि गरि नखानेहरुलाई
    हामि छदै छौ नि भन्दै उचाली उचाली नाच्न लगाउने

    हुन सक्ने र हुनुपर्ने महत्वपूर्ण काम चै ‘कछुवाको गति’
    ऐले नै आबश्यक नभएको र हुन गार्हो हुने बिषयमा चै ‘खरायो बुर्कुशी’ !

    के भन्नु !
    बरु गित आउनु नै बेश

    झिलिमिली झिलिमिली गर्दै आए आँगनमा नेता
    कैले भन्छन् हाती ल्याउला कैले भन्छन घोडा .
    बिन्दु प्याकुरेल .

    60
    5
    Share

  • Rishesh KC लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १६:५६

    Kar matrai uthaune ta ho ni…

    24
    0
    Share

  • Ajit लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १६:५७

    ani ghar beti ko loan chai kasle tirne ni

    69
    2
    Share

  • madan लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १७:०२

    राम्रो, सके त, प्लेन, वस, टयाक्सी, टेक्पो, रिक्सा सवैको भाडा सरकारी खातामा नै जम्मा गर्न पाए हुन्थ्यो ।

    48
    4
    Share

  • bishnu hatuwl लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १७:०८

    jevabhar ko kamaila banaya ko ghar ko kar lina laj lagdaina sarkar lai Bedash bhata Aayako Rakam jham aaba jantalai chushana ideya ho yo . Ghar bhada ma lagaune Nalagyoune afno khushi ghar khali rakhinchha ni,, goverment la Tundikhelma Gharbanayara rakhidenupar x aaba bhadama basne harulai ,,laghugarna garohola bhot magna ideya matra ho yo .

    17
    1
    Share

  • Padam Gurung from Khadbari Sankhuwa-sava लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १७:०८

    मेरो बिचारमा यो सम्भव छैन किनकि घर व्यक्तिगत सम्पन्ति हो र त्यो व्यक्तिगत सम्पनी माथि सरकारले हस्तछेप गरे जो घर भाडामा बस्न चाहन्छन उनैले घर नपाउने सम्भावना हुन्छ l
    अर्को , १० प्रतिसत कर काट्ने जाह सम्म को कुरा छ त्यसमा त्यो घरको मर्मत को खर्च देखि अन्य खर्च जस्तै बिजुली पानि साफसफाई आदि इत्यादी को हुञ्छ त्यो काट्न पाउनु पर्छ साथै त्यो घर बनाउन लाइ सरकारले पैसा दिएको हुनु पर्यो होइन भने यो सबालमा राज्यले जुन नीति ल्याउन खोजेको हो त्यो पुरा हुन सक्दैन l के को आधारमा कर उठाउने ? राज्यले के सहयोग गर्यो त्यो घर बनाउन लाइ ? केहि त गर्न पर्यो नि कर लिनलाई ..! के गर्यो मर्गेज दियो कि वा घर बनाउन उपदान दियोकी के दियो ? पहिले यो हेरौ l बिकसित मुलुकमा सरकारले प्रसस्त सहयोग गरेर बनाइएका घरहरु हुन्छन र त यसरि कर उठौदैनन भने हाम्रो नेपालमा चाहि कस्तो नियम बसाल्न खोजेको हो ?
    अर्को , जहासम्म विदेशको कुरा गरियछ त्यो कुन देसमा छ त्यस्तो नियम ? यो पंतिकार पनि करिब करिब विश्व को बिकसित रास्ट्र मध्ये को केहि ठुल ठुला रास्ट्र मा बसेर अनुभव गरिनै राखेको छु भने यस्तो झुटो कुरा भनेर पार लाग्नेवाला देख्दिन l
    अर्को , जहा सम्म करको दायर छ त्यो तलब (काम गरेर ) बाहेक (अझै भनौ तलबमा पनि उसको यातायात र काम गर्दा बखतको खाना खर्च ) काटेर मात्र कर काट्ने नियम संसार का अधिकाम्स मुलुकमा छ भने यन्य आम्दानि जस्तै ब्यापार ब्यबासाया बाट हुने आम्दानि को कर मा खर्च काट्नु पाउने नियम जाह पनि छ l
    अझै मुख्य कुरो त घर भाडा (ठुल ठुला मेन्सन , अपार्मेंट , अफिस बाहेक ) का कर कुनै पनि देस मा उठाउने गरेको छैन किन भने उसले घर जग्गा कर हरेक वर्ष तिरिने राखेको हुञ्छ यो धुर्ब सत्य हो l यदि यो संग सम्बन्धि कुनै व्यक्ति ले प्रस्न गर्न चाहनु हुञ्छ भने सिधै मेरो इमेल मा : [email protected] मा सिधै सम्पर्क गर्न सक्नुहुनेछ l
    धन्यबाद l

    145
    16
    Share

  • Tush लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १७:०९

    Hawa kura byakti ko ghar ma sarkar ko hak adhikar jamauna khojne. Sarkar sakchhau bhane afule ghar building,apart banaune ani janta lai rent ma lagaune.

    37
    2
    Share

  • gopal adhikari लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १७:१०

    सरकारले जति कडा नीति ल्याएपनि घरभाडा कर स्वम सेवा ग्राहिले तिर्नु पर्ने हो अहिले ब्याबशायीले तिरेका कर कुन घरबेटिले काटेर लिएका छन र भोलि पनि त्यही हुने हो बरु कर्मचारी पोस्ने काम चाहिँ हुने भयो ।

    38
    2
    Share

  • Santosh Lamichhane लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १७:१४

    Sarkar lai laaj lagna parney kura garnna lageko ho. We agree that everyone is bound on TAX and its compulsory to pay TAX to the government. But, kasaile auta ghar rent ma linxa monthly 1 lakh ma and usley rent TAX bujauna parxa 10000 but tyo gharma business garera arabou kamayera tesko tax pay gardaina ani sarkar le testo haru lai kunai action lina sakdaina (for eg:Ncell). Arabou tax pay garnu xa sarkarlai uniharule, tyo chai uthauna jadaina ani tesko kunai rules lerauxa tara uniharulai lagdaina.aba 2000 tirera auta room rent ma liyera basney manxey lai chai system navako governmental bank ma gayera 4 hours line basera tyo 2000 jamma garayera aaunu parni ani tei rent amount gharbeti le lina chai 1 week kurna parni? jatabata ni soja saja janata nai marney sarkar ko nirnaya.

    Raprapa ko yei niti aafno ghosana patra ma xa vaney chai mero vote raprapa lai gayena.

    24
    0
    Share

  • RAMKUMAR लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १७:३८

    VERY GOOD BUT START THIS WITH CHILDREN BOARDING SCHOOL FEE.

    19
    0
    Share

  • shyam shrestha लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १७:४१

    40% BIKAS KHARCHA MA bhaneko government employee ko goji ma. Ani ghar jagga ko price pani ghataunay ho ki bhada matrai yesai ghatcha tyasto mahago ghar jagga ko?
    GHar dhani lay afnai paisa uthauna k sarkari karyalaya ko round marne ani usko kam garne khana napayeko puen dekhi hakim lai ghuus dindai jane?

    Paila govt needs to settle NCELL case and Their own cases. WAAIIYAT system

    12
    0
    Share

  • Raju लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १७:४५

    कुरा त रामै हो, tax तिरौ र आफ्नै टोल र क्षेत्र विकास गरौ । तर भ्रष्ट मन्त्रीहरु र असिमित सांसदहरुलाई देश विदेश घुम्न पार्टिभोज कार्यकर्ता पोष्न आफुहरुलाई सुविधा भोग विलास गर्नको आम जनतालाई Tax तिर्न पटक्कै मन छैन । सहि उपयोग हुनु पर्दछ । नत्र यसले घरवालाहरुलाई खासै फरक पार्दैन, tax जोडेर डेरा भाडा बढाईदिए भैहाल्यो तर मार चै डेरामा बस्नेहरुलाई नै पर्छ ।

    41
    0
    Share

  • Sushila लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १७:४७

    Cadai kayanwayan hos.vada ni nirdharan gariyos sarkar batai.Yo Asha lai nirasa ma nabdliyos…!

    3
    2
    Share

  • Susana लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १७:४९

    Cadai kayanwayan hos.vada ni nirdharan gariyos sarkar batai.Yo Asha lai nirasa ma nabdliyos…!

    1
    5
    Share

  • Ghar Dhani लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १७:५०

    10% tirna hamilai thulo kuro vayena, tara ghar banauda lagne kul budget ko 10% pani ta sarkar le anudan dinu paryo ni,Ki kaso?

    22
    1
    Share

  • Santosh Khadka लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १८:३०

    यो व्यवस्था राम्रो लाग्यो, यसले राजस्व बृद्धि हुन्छ, तर घरभाडा तय गर्ने काम सरकारले नै घरधनीले कोठावालालाई दिएको सुविधा र घरको स्थान (मेनरोड, भित्रि गल्ली) को आधारमा गरोस् नत्र घरधनीले फर्जी एग्रिमेन्ट भाडावालासँग बनाएर सरकारलाई यति दे बाँकी म आउँछु सुटुक्क दे, नत्र कोठा खाली गर, मेरो कोठामा बस्ने अरु पनि छन् भनेपछि जसको त्यही व्यवसायबाट आफ्नो परिवारको मुखमा माड हालिरहेको छ उसलाई परेन फसाद । सरकारी कार्यालय बाहेक अधिकांश पसलको एग्रिमेन्टमा घरबहाल कर घरधनीले बुझाउने हुन्छ, तर कोठाभाडामा लिने व्यक्तिले नै तिर्नुपर्छ भनी घरधनीले दबाब दिन्छन् नत्र कोठा खाली गर भनेपछि बाध्य भएर बहाल पनि देऊ, बहाल कर पनि देऊ भएको छ ।

    17
    3
    Share

  • KCJEEVAN लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १८:४५

    आखिर त्यही घर नहुने गरिवलाई १० प्रतिशत भाडा वृदी गरेर के को नीतिगत व्यवस्था लागू गर्न लागको होला । सम्पूर्ण नेपालीलाई नै त्यो नीतिगत व्यवस्था गरिदिए हुन्थ्योनी वार्षिक आय र व्ययको लेखा जोखा सरकारलेनै अनलाईन वाट नियमन गर्ने नीतिगत व्यवस्था नै गरिदिए नया नेपाल वल्ल नै वन्ने थियोनी के को नाटक मात्र हो यो ।

    8
    1
    Share

  • suvas लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १८:४७

    this is fkin and blkn rule!!
    what the f*** govt is trying to do???

    17
    4
    Share

  • amir लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते १८:५३

    10% Kar tiraula Ghar Dhani le ta ra Ghar bigare ko kharcha Pani sarkarle tircha ki

    16
    1
    Share

  • laxman ram लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते २०:४७

    काठमाडौ को बसाई अब फलाममाडौ हुनेभयो

    5
    0
    Share

  • Sambhu लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते २१:१८

    Yo Niti ek dam galat ho.
    राम्रो, सके त, प्लेन, वस, टयाक्सी, टेक्पो, रिक्सा सवैको भाडा सरकारी खातामा नै जम्मा गर्न पाए हुन्थ्

    5
    2
    Share

  • raman लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते २१:२८

    bakwas, gharbeti haru sabai milera bahalma basne jati sabailelai nikalne dine ho, kotha pani dindainau karpani tirdainau,

    7
    0
    Share

  • बिजय कुमार श्रेष्ठ (बझाङ्ग) लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते २२:०७

    जुन देशको सरकार सदाचारी वा उच्च आर्थिक नैतिकताका आधारमा काम गर्छ त्यो देशमा कर तिर्दा बेग्लै मजा आउँछ । तर जुन देशका राजनीतिक कार्यकर्ताले भ्रष्टाचार गर्नको लागि राजनीति गर्छन र शिक्षित ब्यक्तिहरुले भ्रष्टाचार गर्नकै लागि जागीर खान्छन, त्यस्तो देशमा कर तिर्न होइन छल्न र छलाउन नागरिक, कर्मचारी र नेता नै सक्रीय हुन्छन । नेपालको वास्तविक सत्य बोल्ने हो भने त यहाँ दूध बेच्ने देखि सुन बेच्नेसम्म भ्रष्ट छन । त्यसैले नेपालमा घर बहाल कर उठाएर ४० % सम्बन्धित क्षेत्रको बिकास गर्ने र ६०% केन्द्रमा जम्मा हुने नीति भनेको स्थानीय र केन्द्र दुबै निकाय मिलेर भ्रष्टाचारको दाएरा बढाउने मात्रै हो । अरु के गर्नसक्छ, नेपालको सरकारले । संसारमा यस्ता देश पनि छन । जुन देशका जनता आफ्नो नेता वा सरकार प्रमुखको नैतिकता र देशभक्ति अर्थात उसको राष्ट्रवादी नीतिमा गर्ब गर्छन । हामी नेपाली यस्ता देशका नागरिक हौं, जहाँ सरकार प्रमुखको गतिबिधि हेर्दा नागरिकले शिर ठाडो पारेर हिंडन लजाउँछन ।

    14
    0
    Share

  • bishomber neupane लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते २२:३७

    aba ncell ko loan uthauna nasakney vayeko ley nepal sarkar ley….recharge sunischit yojana lyaucha….recharge card nagarpalika gabisa ra tolpalika maa upalabdha huncha and sarkar ley 100 maa ncel lai 50 rs matra dincha ani loan uthaucha…..baru bhatkiyeko ghat bana sarkar earthquake aako 2 barsa vaisako…nepal 100 years pachadi gaisako….gharvada vanda pani surumaa gayera gorkha langtang bhaktapura lalitpur ra kathmandu ani anya thau maa vatkiyeka ghar banau

    4
    0
    Share

  • gopal sag लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते २३:०२

    Naya niyam thik cha tar sarkar le pahile data n lie aso garyo vane gharbeti le pahile room rent badhaucha ani sarkar le tha pauxha . Ani pir kaslai janta lai. Niyam chahi thik tar sarkar le pahile data collection garnu paryo ki kun gharbeti le kati bhada lincha vaner

    0
    2
    Share

  • Swodeshi लेख्नुहुन्छ    |   २०७४ वैशाख १३ गते २३:२१

    Ani Derawal le bhada natirema sarkarle bhada tirne jimma linu parne hola ni

    7
    0
    Share

  • देश बहादुर प्रजा लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते ४:४२

    धेरै राम्रो काम । तर काठ्माण्डुमा मात्रै हो कि देशै भरी हो ?

    2
    6
    Share

  • Ballabh Acharya लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते ६:३०

    New initiative, but in the wrong direction. Such an approach pre-supposes the existence of an efficient administrative system, an uncorrupt bureaucracy, and transparency. These are all lacking in Nepal. Also, when the country is moving onto a decentralisation path, how could you conceive of such a centralise system? If implemented, this approach will be a curse for both the home owners and the renters, but the bureaucracy would be happy because they cam amass a large amount of money through corrupt means. It will be a disaster for the country.

    1
    1
    Share

  • Ballabh Acharya लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते ६:३८

    New initiative, but in the wrong direction. Such an approach pre-supposes the existence of an efficient administrative system, an uncorrupt bureaucracy, and transparency. These are all lacking in Nepal. Also, when the country is moving onto a decentralisation path, how could you conceive of such a centralise system? If implemented, this approach will be a curse for both the home owners and the renters, but the bureaucracy would be happy because they can amass a large amount of money through corrupt means. It will be a disaster for the country.

    3
    0
    Share

  • rajaram shrestha लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते ६:५०

    कोठा भाडा सरकारलाई बुझाउने भय कोठा पनि सरकारसँग लिन गय हुन्छ भन्छु म त ।

    13
    0
    Share

  • anil लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते ६:५१

    kun ghar kasko naam ma chaa tyoo nee rakham. hamraa neta haruu kaii katii ghar chan bahal maa.
    ani main kura ta ghus khana napau nee samjhau ta garauu na. ghus khanee lai kada karbahii garne samjhau ta garauu naa. tesma ta kunai neta laii chasoo chainaa taa???????

    2
    0
    Share

  • Kshitij लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते ८:०१

    aba aafno ghar bhada lina sarkari office dhaune ani karmachari lai ghuss khuwayera matra bhada lina sakine bhayo

    7
    0
    Share

  • BP लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते ८:१३

    अहिलेसम्म “दोहोरो घरभाडाको” कागज बनाएर कर छली गरेका घरधनि र डेरावाल दुवैको सात्तो जाने नै भयो ! रु १००० /- भन्दा माथिको सम्पूर्ण कारोबार बैंकिंग प्रणालीबाट गर्नु पर्दछ ! जनताको मोबाइल एपबाटै एक खाताबाट अर्को खातामा रकम ट्रान्सफर हुन सक्ने व्यवस्था मिलायो भने ८० % राजस्व वृद्धि हुन सक्छ !

    2
    5
    Share

  • Jay लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते ८:२६

    Tax uthaune Ani khoi ta benefit, tax uthaune ta ramro ho Tara tehi anusar nirman samagri ko price ma Pani yeso budhi lagaye hunthyo

    1
    0
    Share

  • Suresh लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते ८:४१

    This is really good for Nepal. I doubt to implement this law. But if it did it would increase government revenue. I wish it will be implement whole Nepal not only Kathmandu.

    0
    4
    Share

  • Nepali लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते १०:१४

    Failed, sick and corrupt netaharu ko aarko lutanae bato.Aba ta sidhai nepali ko thaali bata.Thukaa.

    4
    0
    Share

  • Nepal लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते १०:२६

    खर्च गर्न नसकेपछि भूकम्पपीडितको ३० अर्ब फिर्ता जाँदै

    5
    0
    Share

  • Unish लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते १०:५९

    aba dekhi dainik awasyak tarkari chamal kinda, restaurant ma khana jada, luga fato kinda sambandhit pasal dhani wa byabasai lai paisa natirikana direct sarkar lai tirda kaso hola ???? yesle kar pani uthcha ra kun byapari le masik kati byapar garcha tyo pani patta lagcha hoina ra !!!!

    4
    0
    Share

  • जीवन श्रेष्ठ लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते ११:१७

    के को कर ? घर धुरी कर, जग्गाको कर त हाम्ले वुझाई राख्या त हो नि ! यो दोहोरो कर किन ? भ्रष्टाचार गरेर वनाएको घरहरु, वैक व्यालेन्स अनि जोडेका जग्गाहरु चांही अनुसन्धान गरेर सरकारिकरण गर न ! वाउ वाजे संग कति जग्गा जमिन सम्पती थियो ! अनि प्रतेक पदमा मासिक वेतन कति कति र अहिले कति छ खर्च कटाएर वांकि कति रह्यो सो निकाल ! पैतृक वा सामुहिक सम्पती कति छ ! यति निकाले पछी यो देखी वाहेकका सम्पति खोज ! किन कि सरकारी कर्मचारी ले कहिले पनि तलव र भत्ताले स्वास्नी पालेर अनि छोरा छोरी पढाएर घर जग्गा वनाउन खरिद गर्न सक्दैन ! किन गरिव जनताले खाई नखाई गरेर वनाएको घरमा आँखा गडाएका छौ ?

    2
    0
    Share

  • R k chaudhary लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते ११:३५

    ghar banaya ko bank ko rin ko bayaj sarker le trine niyam banyos ani ball a 10% tax liyos

    6
    0
    Share

  • सुवासराज गिरी लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते १३:०३

    सबै भाडावलाले भाडा तिरेकाे कसरी थाहा पाउने,घरभाडा नतिरि भाडावला हिड्दा राज्यबाट घरधनिलाई घरभाडा बापतकाे रकम उपलब्ध गराउने कि नगराउने । जवाफदेहि काे ?
    घरबेटि कि सरकार प्रष्ट हुन पाएहुन्थ्याे ।

    3
    0
    Share

  • Binod Bahadur Karki लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते १३:१०

    ghar ko marmat samvar ra banauda, kinda liyeko loan ko intrest kasle tiridine hola yesko lekha jokha rakhchaa ki rakhdaina sarkarle, prakriti bipitti le binas gareko ghar kasle banaidinehola feri

    2
    0
    Share

  • शिव लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते १३:४८

    सरकारको सोच त निकै राम्रो छ। तर समस्या नीति को हैन कार्यान्वयन को हो।हामी जस्तो शिक्षित मान्छेले त rs१८को नुन को पोको rs20/22/२५सम्म किन्न्छौ। दस रू भाडा लाग्ने दुरिमा रु बीस तिर्न पर्छ ।बीस रु को औषधि रु सय सम्म बिक्री हुन्छ बजार मा शिक्षक लाई पाँच छ हजार दिने बिद्या लय हरुले विद्यार्थी सङ हजारौं सुल्क असुल गर्छन। सय रु को मितर भाडामा ट्याक्सी ले तीन सय लान्छ।सित्तै मा गर्ने काम मा कर्मचरिले चिया खर्च माग छ। एस्ता अनेकौ बेथिती को सुनुवाइ हुने निकाय खै कहाँ छ।तुरुन्त खबर गरेमा कार्बही हुन्छ भनेर नम्बर देउ जनता लाई अनि गरि देखाउ सब थोक बल्ल मान्न्छन जनताले सरकारको बिश्वास ।

    2
    2
    Share

  • Rabin Mahan लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते १४:२४

    Ghar bhada ko kar tirnu paryo bhane hami ghar bhada mai didainam…..

    lau ja ta…Gaun farka abhiyan.afno gaun afai banaun….

    Ani..Sarkar le kasari janta paldo raixa heramla….

    4
    0
    Share

  • anju लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते १४:२९

    सहि नीति छिटो भन्दा छिटो लागू होस !!!

    1
    2
    Share

  • BASANTA KUMAR PRADHAN लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते १६:०६

    SARKAR LE GARNA KHOJE KO SAHI TA HOLA !! TAX UTHAUNE TARIKA TARA TYO 10% TA ROOM MA BASNE LE NAE TIRNE HO KERE !!! YO NITI LAGU BHAYO BHANE AKHHIR GARIV JANTA NAEE MARKA MA PARCHHAN JASTO LAGCHHA MALAEE TA !! SARKAR LE AFNO DUNO MATRA SOJAUNE KAM BHAYE NA RA ????? GHAARBETI LE TA 10% ROOM MA BASNE LAEE BADAEE DIYO BHANE MARKA MA KO PARCHHA ???? YESAEE LE YO BISAY MA PANI SOCHAUUUUUUUUUUUUU HAE SARKARKA MATIYAR JEEE HARU……………

    0
    1
    Share

  • BASANTA KUMAR PRADHAN लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते १६:०८

    40% MATRA KHARCHA GARERA 60% CHAEEE JWAM KHANE DAUUU HO YO KI KASO ??

    4
    0
    Share

  • Sushil लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते १७:०४

    डेरा खोज्ने काम पनि सरकारले नै गारी दिन्छ की के?

    6
    0
    Share

  • mahesh लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते १७:२३

    aaru haru kura haru ni chan ni k euta ghar balla balla banara vaseko huncha ra k hi paisa aauch ki vanera aafu lai garo huda hudai rent ma dincha k hi gharkharcha chalcha vanera . yeso garna ramro ho tara catogory chuttara garnu parcha ….ra sab vanda pahile aaru kura ma kar tirna lagaunna ghar ko vada ghara desh chalaune khoj cha sab chor haru
    aafule use gareko pani , batti ,telephone ko paisa ta tirdainna ,aba na puera janta ko ghar bata kar chahineee …. thukkka ….neta haru…….baru euta raja thik cha…. yeha sab raja huna khojyo……

    1
    0
    Share

  • bijay aryal लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते १८:०४

    yadi gharbeti le kar sahit vada line niyam lagu garyo vane ni aakhir maar tw derawala lai nai parxa..kun area ko vada dar kati vanera sarkar le toki diye ramro hola…

    0
    0
    Share

  • Prakash poudel लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते १८:३३

    Mobile bankin suru garne ani even small amount pani banking Transaction garne

    1
    0
    Share

  • nabapandit लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते २०:३६

    घरभाडा लियोस पानीको ब्यबस्था, घर मर्मत्, रङ रोगन्, टुट्फुत्, ढल जाम्, कच्कच्को पनि जिम्मा लेवस घर्बेटिलाई हाइ सन्चो । समयमा भाडा नबुझाए सरकारले ताकेता गर्छ,

    1
    0
    Share

  • Kamala pokharel लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते २०:४९

    जनतले तिरेको १३ प्रतिशत मूल्य अभिब्रिद्दी कर त सरकारी खातामा ल्यौन नसक्ने मिलेर ब्यापरि लाई खवाउने ले बढ़ी हुट्टि किन लगाऊने

    3
    0
    Share

  • sagun लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते २०:५८

    सरकार तिमी जनताले तिरेको करको सदुपयोग मात्र गर, कर तिर्न जनता लाइनमा छ , होइन तिमी यो करले आसेपासे, आफन्त, श्रीमतिलाई उच्च ओहदामा पुर्याइ सुबिधा मात्रा भोग्न चाहन्च्यौ भने त खै ? किन जनताले घर बाहाल कर तिर्न चाहेला र ?

    2
    0
    Share

  • Biraj Malmul लेख्नुहुन्छ    |   २०७४ वैशाख १४ गते २१:०६

    aba huda huda yesto din pani jantalai kati chusxau subida deu khali tax tiraune ra paisa jantabata kasari aasulne bidhi mtra nabanau janta chup lagerea basdaina j mann lagyo tei garnalai, ghar banauda sarkarle banaideko hora???

    1
    0
    Share

  • pradip लेख्नुहुन्छ    |   २०७४ वैशाख १५ गते ७:२४

    निर्णय ठिक छ तर थाेरै रकम बैकमा बाकी घरधनीलाई प्रत्यक्ष दिने गरि घरवालाले बाध्यतामा पार्न सक्छन्। त्याे तर्फ नीतिमा ध्यान दिनुहाेला।।। धन्यवाद् ।।।

    0
    2
    Share

  • mandeem लेख्नुहुन्छ    |   २०७४ वैशाख १५ गते ९:३१

    sarkarlai bhanda pratek wadalai jimma dinu ramro hola kinki usko wadama k kati garharu 6n tyasko record herer aanugaman garnupar6 k kati gharharu vadhama lagayeka 6n.r tyas bapat utheko rakamle aafnai wadako kamma kharch garnu par6 yasko lagi tyahi wadaka manisharu rakher aauta samuh banaunu par6 yaso garema chadai aafno wadako bikas holaki…

    0
    0
    Share

  • Keshav Kumar K.C. लेख्नुहुन्छ    |   २०७४ वैशाख १५ गते १०:३०

    नीति त राम्रो हो तर सरकारी लेखापालहरुको भर हुँदैन जनताले उठाएको कर झ्वाम्मै पार्छन, इलाम यातायात कार्यालयको ५७ करोडको घटना ताजै छ

    1
    1
    Share

  • janmis लेख्नुहुन्छ    |   २०७४ वैशाख १५ गते ११:३९

    concept ramro ho tara hamro desko saasan bebasta kasto chha sabaile bujhi sakeka chhan janataa baata tax asulne ani neta haru ko upachaar, bides bharman, ghar gaadi kinna sahayog, marmat kharchha monthly, petrol kharchha,gharbhada kharchha ani result binaa ko meeting bhatta ma kharcha garne ta hola ni ani janata ko samasya jasta ko tastai …bhukam pidit ko samasya jastako jastai rakam firta pathaune re.. sarkar ko laachaari pan hera…ghar bhaban banaye gaadi kine neta ra sachib le janata le k paye? jana ko ragat chusne sarkar ko k kura garnu..harek kura systematic hunu paryo neta mukhi sachib mukhi hunu bhayena…foresight planning, implementation,regulating , supervising controlling and modification of policy ko system hunu paryo…ani kehi hunchha ki..

    0
    0
    Share

  • manoj लेख्नुहुन्छ    |   २०७४ वैशाख १५ गते ११:५१

    aba jhan ghar dhani lai sajilo hune bho 10000 parne ghar ko bhada 5000 bujhauna laaune ani 5000 cash linchan…ani kasari rokincha kar chali ra thagi haa???

    hawa na tawa ko niyem lyaaucha…..

    0
    0
    Share

  • Roshan लेख्नुहुन्छ    |   २०७४ वैशाख १५ गते १३:३१

    Honestly……hamro Nepal Govt ko buddhi aachi nai hunebhayo…..

    0
    0
    Share

  • अस्मिता शेर्चन, भोटेबहाल काठमाडौं लेख्नुहुन्छ    |   २०७४ वैशाख १५ गते १५:३९

    १६ जनताहरु मारी, देशका जनताहरुको र बैन्क लुती सुकुल्छापे नेताहरु ठुल्ठुला महल बनाइ सकिगो त्यस्बाट पनि नपुगी महिन १५/२० हजार बहालको पनि कर लि अब बेदेश्मा महल किन्ने त होला नि !

    1
    0
    Share

  • Buddhi Bahadur Banmala लेख्नुहुन्छ    |   २०७४ वैशाख १५ गते १६:५७

    Bhaktapur ko Kamal Binayak Area ma Ghar bahal survey Turunt gari Tax ko dayarama lerawoon Antarik Rajaswo office Jagati,Bhaktapur le pahal garnu parchha.ka so ta?

    0
    0
    Share

  • Buddhi Bahadur Banmala लेख्नुहुन्छ    |   २०७४ वैशाख १५ गते १७:००

    Turunta Tax lagau

    0
    0
    Share

  • P S SHERPA लेख्नुहुन्छ    |   २०७४ वैशाख १६ गते १:४९

    Kathmandu ko ghar sabai khali hune dar vo aba yo kurale, saule sabai vada wala khedxan hola hai hosiyar…..

    0
    0
    Share

  • Satish लेख्नुहुन्छ    |   २०७४ वैशाख १६ गते १०:०३

    Hoit! Nepal government lai rent tirne re ani pachi house owner lai govt le deposit garne re. Rent ma basne le tiryo ani pachi house owner lai govt le transfer garda system nai down bhayo arko mahina milamla vanyo vane k garne hola?!?!?!
    Aalu jasto paila homework garera ani yeuta certain location lai base point garera practice garepo

    0
    0
    Share

  • sujan लेख्नुहुन्छ    |   २०७४ वैशाख १६ गते १९:१०

    सरकार याे तरिका मलाइ साह्रै मन पर्याे यसलाइ तत्काल कार्यान्वयन मा लाइयाेस हामी लाइ यसले सहयाेग अवस्य गर्नेछ ।

    0
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this