Comments Add Comment

गोहीको आक्रमणबाट बच्न सफल बालकलाई प्रवासी नेपालीको सहयोग


२७ अप्रिल, युएई । गोहीको आक्रमणबाट बच्न सफल जगतपुर, घैलाघारीका १३ वर्षीय बालक अर्जुन हरिजनलाई प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग गरेका छन् ।

चितवन समाज युएई तथा चितवन समाज इजरायलले हरिजनको उपचारका लागि आर्थिक सहयोग गरेका हुन् ।

संयुक्त पहलमा उठाइएको ८५ हजार रुपैयाँ चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको समन्वयमा वैशाख १३ गते हस्तान्तरण गरिएको चितवन समाज युएईका निमकान्त पाण्डेले अनलाइनखबरलाई बताए ।

घाइते बालकको उपचारमा आर्थिक समस्या भएको खबर बाहिर आएपछि युएई र इजरायलमा रहेको चितवन समाजले आर्थिक सहयोग संकलन गरेको थियो ।

चितवन समाज, इजरायलबाट ५१ हजार र युएईबाट ३३ हजार ६ सय ७० गरी संयुक्त रुपमा रु ८४ हजार ६ सय ७० रुपैयाँ आर्थिक सहयोग पीडितका परिवारलाई चितवन मेडिकल कलेज भरतपुरमा हस्तान्तरण गरिएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल अध्यक्ष मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष सीता ढकाल, सहकोषाध्यक्ष साझाराम बिक, सदस्य रामबाबु थापा तथा चितवन समाज इजरायलकी प्रथम उपाध्यक्ष सरिस्मा बराललगायतको उपस्थिति थियो ।

यसैबीच, चितवन समाज युएईले राष्ट्रिय आविस्कार केन्द्रका अभियन्ता डा. महावीर पुनले सञ्चालन गरेको अभियानमा पनि ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

उक्त रकम चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका सहसचिव गणेश ढकालले केन्द्रलाई हस्तान्तरण गरेका हुन् । पुनको अभियानलाई सहयोग गर्न चितवन समाजका सल्लाहकार रमेश सुवेदीको संयोजकत्वमा एक समिति बनाइएको थियो । यस सहयोग अभियानमा बराक क्यालिटी प्लस कम्पनीका कर्मचारीहरु र मुनाल बचत कोष परिवारका सदस्यहरुको विशेष योगदान रहेको चितवन समाजले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment