Comments Add Comment

ममताको ‘ममता’ सार्वजनिक


गायिका ममता गुरुङको ‘ममता’ सार्वजनिक भएको छ । वुधबार काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा डा.कृष्णहरि बराल र गायिका संगीता राना प्रमुख अतिथीको रुपमा उपस्थित थिए ।

मातातिर्थ औसीको अवसरमा गायिकाकी आमा मायादेवी गुरुङ र बुबा हितमान गुरुङले एल्बमको विमोचन गरेका थिए । देश बाहिर बस्दै आएकी ममताको यो डेब्यु एल्वम हो ।

एल्वममा ‘नबोलाऊ मलाई मायालु भनी’, ‘जीवन मेरो त्यहीँ’, ‘हावासरि चञ्चले मन’, ‘अल्लारे मन यो मेरो’ र पर्दा खोलेर जस्ता गीत समावेश गरिएको छ । एल्वममा समावेश गीतमा इन्द्र आरपी, ताराप्रकाश लिम्बु, देवा गुरुङ, कालिप्रसाद बास्कोटा र सुरेश मानन्धरको संगीत छ । यस्तै, गीतमा ममता गुरुङ, शशीथापा सुब्बा, कालिप्रसाद बास्कोटा र केबी गुरुङको शब्द छ ।

‘म नेपाली गीत संगीतको विद्यार्थी हुँ, अझै सिक्ने क्रममा छु तर पनि मेरा गीतले राम्रो चर्चा पाउँदा खुशी लाग्छ’-ममताले भनिन् । गीतका भिडियोहरु पनि चाडै नै सार्वजनिक गर्ने ममताको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment