१७ वैशाख, काठमाडौं । पुननिर्माणको लागि विनियोजित बजेटको आधा पनि खर्च गर्न नसकेको राष्ट्र्रिय पुनर्निर्माण प्राधिकरणले तीन खर्ब रुपैंया बजेट अभाव भएको जनाएको छ । नागरिक दैनिकले पुनर्निर्माणमा अझै तीन खर्ब बजेट नपुगलाई मुख्य समाचार बनाएको छ ।
चालु आर्थिक वर्ष सकिन दुइ महिना बाँकी रहँदा अर्थ मन्त्रालयबाट अख्तियार पाएको एक खर्ब ९ अर्ब रुपैंयाको ४५ प्रतिशत मात्र खर्च गरेको प्राधिकरणको तथ्यांक छ ।
श्रम सम्झौतामा शून्य प्रगति सन्दर्भमा नेपालको प्रस्तावलाई मतलबै गर्दैनन् गन्तब्य मुलुकलाई पनि नागरिकले लेखेको छ । लाङटाङ पदमार्ग पुनर्निर्माण पूरा भएको विषयलार्इ पनि नागरिकले समाचार बनाएकाे छ ।
जलविद्युत निर्माणमा वनको कुचक्रलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । जलविद्युत आयोजना निर्माणका लागि वन मन्त्रालयको स्वीकृति लिन मात्रै कम्तिमा साढे तीन वर्ष लाग्ने गरेको कारोबारले लेखेको छ । व्यवसायीको रोजाइमा ‘टे«डिङ’लाई पनि कारोबारले लेखेको छ । जेठदेखि इन्धन ट्याङकरमै लकिङलाई पनि कारोबारले लेखेको छ ।
एनसेलको अटेरलाई अन्नपूर्ण पोष्ट दैनिकले मुख्य समाचार बनाएको छ । चालु आवको नौ महिनामा सात खर्ब २५ अर्बको आयातलाई पनि अन्नपूर्णले लेखेको छ । रसुवागढी नाका फेरि बन्दलाई अन्नपूर्णले लेखेको छ ।
चीनवाट अन्तराष्ट्रिय ब्याण्डविथ १ महीनामालाई अभियानले मुख्य समाचार बनाएको छ । आयोगले रोक्यो बजेटलाई अभियानले लेखेको छ ।