Comments Add Comment

पानीकै जोहोमा बित्छ डाँडाबजारका स्थानीयको दैनिकी 

१७ बैशाख, धनकुटा । तस्वीरमा देखिएको बोत्तलभित्र चिसो पेय पदार्थ छ भनेर सोच्नुभयो भने तपाईं गलत हुनुहुन्छ । धनकुटा डाँडाबजारका स्थानीयले ५ किमलोमिटर टाढा पुगेर प्यास मेटाउन जोहो गरेको खानेपानी छ यी बोत्तलभित्र ।

जलश्रोतको धनी हाम्रो मुलुकमा खानेपानीको अभाव धेरै स्थानमा ब्याप्त छ । धनकुटाको डाँडाबजारमा भने दुई साताअघि परेको चट्याङले खानेपानी मिटरमा क्षति पुर्‍याएपछि आपूर्ति बन्द भएको थियो ।

पानी आपूर्ति बन्द भएपछि यस क्षेत्रका २२५ घर परिवारका नागरिक पाँच किलोमिटर टाढाबाट पानी आपूर्ति गरी प्यास मेटाइरहेका छन् ।

स्थानयीयहरु पानीका लागि चार घण्टा खर्चेर स्थानीय ठोट्ने खोला, लाप्चेटार, टुर्के लगायतका स्थानमा जानुपर्ने वाध्यता छ । ‘१० दिनजति भो, खाने पानीको जोहो गर्दैमा हाम्रो दिन जाने गरेको छ ।’ डाँडा वजारका तुलकुमार लिम्वुले भने ।

उनी पानी लिन गाडी लिएर घरबाट ५ किलोमिटर पर टुर्के पुगेका थिए ।

डाँडा वजारकै सुनिता लिम्वुले २ घण्टा पैदल हिँडेर ठाडो उकालो पार गर्दै गाग्रीमा पानी ओसार्न पर्ने वाध्यता सुनाइन् । ‘मेसिन बिग्रिएको यतिका दिन भइसक्यो, छिटो बनाउनुपर्ने हो ।’ उनले दुखेसो पोखिन् ।

४ बर्षअघि आयोजना मार्फत खानेपानी आपूर्ति हुन थालेपछि धनकुटाको डाँडाबजारमा खानेपानी समस्या समाधान भएको थियो । डाँडाबजार धनकुटाको मूख्य पर्यटकीय स्थलमध्ये एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment