Comments Add Comment

बुध्द एयरभित्रैको सामूहिक सहकार्य


१७ वैशाख, काठमाडौं । ‘एक थुँकी सुकी, सय थुँकी नदी’ हाम्रा गाँउघरतिर चर्चित यो उखानले कुनैपनि कामका लागि सामूहिक सहकार्यलाई दर्शाउँछ । सामूहिकरुपमा गर्दा एक्लैको लामो कोशिसले हुनसक्ने काम समेत पार लाग्छ ।

संवेदनशील र सुरक्षासँग सम्बन्धित कामका लागि सामूहिक एकता भएन भने दुर्घटना निम्तन सक्छ । अझ हवाई सुरक्षासँग सम्बन्धित कम्पनीका लागि त सामूहिक तत्परता र संवेदनशीलता सहितको कार्यगत एकता अपरिहार्य नै हुन्छ ।

त्यसैले त बुध्द एयरको ‘कम्प्लायन्स डिपार्टमेन्ट’ सधैं सामूहिक कार्यमै तल्लिन हुन्छ । विभिन्न ११ वटा विभागका सदस्य रहेको यो ‘डिपार्टमेन्ट’ बुध्द एयरको एउटा ‘युनिक’ सामूहिक कार्य हो भन्दा फरक पर्दैन ।

यो ‘डिपार्टमेन्ट’ले प्राविधिक र अप्राविधिक सबै विभागका कामको परीक्षण (अडिट) गर्छ । हरेक विभागले काम गर्दा ‘म्यानुअल’ अनुसारको प्रकृया पुरा गरे-नगरेको हेर्छ । यस्तो विभाग गठनको अवधारणा नेपालमा बुध्द एयरले नै पहिलो पटक ल्याएको हो ।

यसले हरेक वर्षको सुरुवातमै परीक्षण (अडिट) क्यालेन्डर बनाउँछ र त्यसैलाई पछ्याउँछ । नियामकको मापदण्डअनुसार हरेक विभागले पछ्याउने ‘म्यानुअल’का आधारमा परीक्षण-सूची (चेक लिस्ट) बनाउँछ ।

परीक्षण-सूची, प्रश्नहरु, नियामक निकाय र अनुगमन संस्थाको मापदण्डका आधारमा कार्यतालिका बनाइन्छ । अन्तर्राष्ट्रिय हवाई यातायात संघ -आइएटिए)बाट प्रशिक्षित बुध्द एयरको ११ विभाग परीक्षक (अडिटर्स)ले यस्तो परीक्षण गर्छन् ।

यसका लागि हरेक विभागको कर्मचारीलाई आफूले जाच गर्ने अर्को विभागको कामबारे पूर्ण जानकारी हुनुपर्छ । गुणस्तर र सुरक्षाका लागि यस्तो परीक्षण बुध्द एयरको ह्याङ्गरमा मात्र होइन, कम्पनीका हरेक स्टेसनमा हुने गर्छन् ।

नेपाल नागरिक उड्यान प्राधिकरणको नियम अनुसार ‘कम्प्लायन्स डिपार्टमेन्ट’को प्रमुख हुनका लागि दशकाैं अनुभव भएको पाइलट आवश्यक पर्छ । अहिले बुध्द एयरको यस विभाग प्रमुखकोरुपमा क्याप्टेन एजी शेर्पा रहेका छन् ।

कार्यतालिका अनुसार समयमै सबैखाले परीक्षण पुरा गराउनु शेर्पाको दायित्व हो । यसका लागि उनलाई समूहका अन्य सदस्यले सहयोग गरिरहेका हुन्छन् । यो समूहमा मानव संसाधन, क्याबिन क्रिउ, ग्राउन्ड अपरेसन्स, सेफ्टी, कार्गो, फ्लाइट अपरेसन र सेक्युरिटी डिपार्टमेन्टबाट परीक्षक (अडिटर) नियुक्त भएका हुन्छन् ।

‘कम्प्लायन्स डिपार्टमेन्टले सबै विभागलाई म्यानुअलमा उल्लेखित आवश्यकताहरु पूर्ति गराउने काम गर्छ,’ प्रशासन प्रबन्धक एवं परीक्षक (अडिटर) शान्ति गुरुङ भन्छिन्, ‘सबै विभागले राम्रो गरिरहेका छन् भन्ने विश्वस्त हुनलाई कार्यक्ष्ँेत्र परीक्षण -स्पट चेक) समेत गरिन्छ ।’

उसो भए ‘कम्प्लायन्स डिपार्टमेन्ट’ले परीक्षण मात्र गर्छ त ? होइन, यसले परीक्षणका क्रममा कुनै कमजोरी भेटे सम्बन्धित विभागका प्रमुखलाई जानकारी गराउँछ । त्यसलाई सुधार गर्न तत्कालै तालिम दिनुपर्ने वा अन्य कुनै प्रकृया अपनाउनु पर्ने रहेछ भने पनि अपनाइन्छ ।

यसको नियमित परीक्षणले कर्मचारीहरुलाई एक अर्काबीच अन्तरक्रिया गर्ने अवसर मात्र दिएको छैन, सबै विभाग मिलेर बुध्द एयरको सामूहिक स्वार्थ (सुरक्षित उडान) पुरा गर्न र सेवालाई उत्कृष्ट बनाउँन सहयोग गरिरहेको छ ।

‘नियमित परीक्षणका कारण हामीलाई अन्य विभागबाट हुने कामबारे थप जानकारी भएको छ,’ गुरुङ भन्छिन्, ‘अहिले हामीलाई अर्को विभागमा के भइरहेको छ ? भन्ने जानकारी हुन्छ र समस्या समाधानका लागि तयार हुन सजिलो पनि भएको छ ।’

यो विभागको कामले बुध्द एयरको सुरक्षा प्राथमिकतालाई त सहयोग गरेको छ नै, कर्मचारीबीच सामूहिक काम गर्ने अभ्यासलाई थप मजबुँत बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment