Comments Add Comment

कार्कीको कामले न्यायपालिकाको स्वतन्त्रतामा प्रश्न उठ्यो: कांग्रेस

'महाअभियोग न्यायपालिकाविरुद्ध लक्षित छैन'


१८ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव न्यायपालिकाविरुद्ध लक्षित नभएको स्पष्ट पारेको छ । न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र मर्यादित बनाउने उद्देश्यका साथ महाअभियोग प्रस्ताव ल्याइएको भन्दै कांग्रेसले यो एकजना व्यक्तिविरुद्धमात्रै लक्षित भएको दाबी गरेको छ ।

कांग्रेस प्रचार बिभागले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार भेटघाटमा नेता रमेश लेखकले स्वतन्त्र न्यायपालिकालाई समाप्त पार्ने काम भयो भनेर महाअभियोगविरुद्ध भ्रम छरिएको गुनासो गरे ।

सरकारका मन्त्रीसमेत रहेका नेता लेखकले भने, ‘एउटा कुरा स्पष्टताका साथ कांग्रेस भन्न चाहान्छ र म यसमा जोड दिएर भन्न चाहान्छु, यो महाअभियोगको प्रस्ताव न्यायपालिकाविरुद्ध लक्षित होइन, न्यायपालिकाको निष्पक्षता, स्वतन्त्रता, मर्यादा र उसको सशक्तिकरणकाविरुद्ध होइन । यो न्यायपालिकामा मर्यादित काम हुन नसकेको, उसको स्वतन्त्रता र निष्पक्षता कायम नरहन सकेको अवस्थामा एकजना माननीय न्यायाधीश ज्यूका विरुद्ध, प्रधानन्यायाधीश ज्यूका विरुद्धमात्रै लक्षित हो ।’

उनले न्यायपालिकाको स्वतन्त्रता, सक्षमता, मर्यादामा महाअभियोगले कुनै आँच नपुर्‍याउने दाबीसमेत गरे ।

उनले सुशीला कार्कीले न्यायपालिकाको मर्यादा नाघेर सरकारको काममा हस्तक्षेप गरेको आरोप लगाए । कार्कीको कामले न्यायपालिकाको गरिमा, निष्पक्षता र स्वतन्त्रतामा पनि प्रश्न उठेको दाबी गरे ।

लेखकले भने, ‘संविधान र कानुनले नेपाल सरकारले गर्ने भनेर स्पष्टरुपले तोकेको विषयमा पनिे हस्तक्षेप गर्ने काम भयो र यसले नेपाल सरकारले गर्ने त्यो काममात्र अवरुद्धमात्र होइन कि यसले स्वाभाविकरुपले न्यायपालिकाको मर्यादा, न्यायपालिकाको गरिमा, निष्पक्षता र स्वतन्त्रतामा पनि प्रश्न चिन्ह लाग्ने काम भयो ।’

यो पनि पढ्नुहोस् 

कांग्रेस भन्छ- चुनाव बैशाख ३१ मै हुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment