Comments Add Comment

मधेस आन्दोलनमा १८ जिल्लाबाट १५ सय उजुरी

१९ बैशाख, घोराही । तराई मधेस र थरुहट क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेका आन्दोलनका क्रममा घटनाको छानविन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगमा १८ जिल्लाबाट झन्डै १५ सय उजुरी परेका छन् ।

घटनाको अध्ययनका क्रममा दाङ आइपुगेको आयोगको टोलीले सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

दाङ जिल्लाबाट ९ वटा उजुरी आयोगमा परेका छन् ।

आन्दोलनका क्रममा भएका हत्या, हिंसा, कुटपिट र आगजनी लगायतका घटनाको सत्यतथ्य छानविन गर्न बनेको उच्चस्तरीय आयोगका अध्यक्ष गिरिशचन्द्र लालले उजुरी दिएकाहरुलाई भेटेर घटनाबारे जानकारी लिने काम भइरहेको बताए । उनले अहिलेसम्म ९ जिल्लाका पीडितहरुसँग भेट गरिसकेको जानकारी दिए ।

आयोगले २०७२ साल साउन २ गतेदेखि २०७३ साल असोज १ गते सम्मका घटनाहरुलाई अध्ययन गरिरहेको र सबै पीडितहरुलाई भेटेर प्रतिवेदन बनाउने आयोगका सदस्य पूर्वएआइजी नवराज ढकालले जानकारी दिए ।

आयोगको प्रारम्भिक अध्ययनका क्रममा दलहरु र प्रशासन दुबैको तर्फबाट कमजोरी हुँदा क्षति भएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment