+
+
Shares

कांग्रेसले रामेछापको मन्थलीमा एकै दिन ३ पटक फेर्‍यो उम्मेदवारको नाम

नवराज पथिक नवराज पथिक
२०७४ वैशाख १९ गते १४:५६

१९ वैशाख, रामेछाप । नेपाली कााग्रेस रामेछापले स्थानीय तहको निर्वाचनको लागि मनोनयन दर्ता गर्ने अन्तिम दिन मंगबार मन्थली नगरपालिकामा उम्मेदवारको नाम तीन पटक फेरेको छ ।

कााग्रेसले मंगलबार मात्रै तेस्रो पटक उम्मेदवारहरुको नाम परिवर्तन गर्दै मन्थली नगरपालिकाको मेयरमा बिनोद कार्की र उपमेयरमा गंगा अधिकारीको नाम टुङ्गो लगाएको हो ।

यस अघि कााग्रेसले आइतबार मन्थली नगरपालिकाको मेयरमा युवराज भट्टराई र उपमेयरमा मीना कार्कीको नाम सार्वजनिक गरेको थियो ।
प्रमुखका उम्मेद्वार भट्टराई अमेरिकी ग्रीनकार्ड होल्डर भएको खुलेपछि मंगलबार विहान बसेको कााग्रेसको आकस्मिक बैठकले मेयरमा गुञ्जबहादुर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

नेपाल शिक्षक संघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठलाई मेयर बनाउने निर्णय गरेको केही बेरमा नै उनी मन्थली नगरपालिकाको कर्मचारी छनौट समितिका सदस्य भएको कुरा सार्वजनिक भए पछि पुनः कााग्रेसको आकस्मिक बैठक बसेको थियो ।

बैठकले साविकको चनखु गाविसका विनोद कार्कीलाई मेयर र कठजोरकी गंगा अधिकारीलाई उपमेयर बनाउने निर्णय गरेको छ ।

कार्की नेपाली कााग्रेस रामेछाप क्षेत्र नं २ का क्षेत्रीय सभापतिसमेत हुन् । उनी यस अघि पनि एक कार्यकाल क्षेत्रीय सभापति भएका थिए । उपमेयरकी उम्मेदवार गंगा अधिकारी नेपाल महिला संघकी जिल्ला अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?