
२८ वैशाख, काठमाडौं । कर्णाली राजमार्गको सिस्ने–साइगाउँ खण्ड आजदेखि दैनिक दुई पटक बन्द हुन थालेको छ ।
जिल्ला प्रशासन कार्यालय दैलेखले सूचना प्रकाशित गरी राजमार्ग बन्द हुनेबारे जानकारी गराएको हो ।
यो राजमार्ग बिहान ८ देखि मध्याह्न १२ बजेसम्म र अपराह्न २ देखि साँझ ६ बजेसम्म बन्द गरिएको हो ।
सडक डिभिजन सुर्खेतबाट ठेक्का सम्झौता भएको यो खण्ड निर्माण क्रममा आवातजावत रोक्नुपरेको कार्यालयले जनाएको छ ।
यस खण्डको विकल्पमा रामघाटदेखि साइगाउँसम्म मध्यपहाडी राजमार्ग प्रयोग गर्न समेत कार्यालयले सूचित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4