Comments Add Comment

आक्रमक एवं रिसाह बच्चालाई कसरी नियन्त्रण गर्ने ?

कति बच्चा आक्रमक स्वभावका हुन्छन् । सानोतिनो कुरामा चाडै रिसाउने र प्रतिक्रिया दिने गर्छन् । उनीहरु आफ्नो जिद्दी छाड्दैनन् । यस्तो बच्चाको रिसलाई कावुमा राख्नु आमाबुवाको निम्ति टाउको दुखाईको बिषय बन्छ ।

बच्चाहरु रिसाउनु स्वभाविक हो, आक्रमक हुनु पनि स्वभाविक हो । तर, यो क्षणिक हुनुपर्छ । यदि कुनै बच्चा लामो समय रिसाउँछ । वा धेरैजसो समय रिसाइरहेका हुन्छन् भने त्यसले समस्या निम्त्याउँछ । कति बच्चा त यति आक्रमक हुन्छन् कि, जो कोहिसँग हात उठाउँछन् । जे भेट्यो त्यसैले हिर्काउने गर्छन् । खेलौना तोड्छन् । यस्ता बच्चालाई कसरी नियन्त्रण गर्ने त ?

बच्चासँग रिस नदेखाउने ?

बच्चा रिसाएको अवस्थामा अभिभावक शान्त रहनुपर्छ । रिसाएको बच्चालाई कुटेर वा डर देखाएर तह लगाउँने प्रयासले अन्ततः बच्चा थप आक्रमक हुन्छ । बच्चालाई अभिभावकले आफ्नो रिस, आवेग देखाउनु हुन्न ।

रमाइलो वातावरण

बच्चाका लागि रमाइलो माहौल बनाइदिनुपर्छ, जसले उनीहरुमा रिस पैदा हुने अवस्था आउँदैन । जे कुरामा उनीहरु रमाउँछन्, खुसी हुन्छन्, त्यस्तै वातावरण तयार गरिदिनुपर्छ ।

बच्चाको समस्या बुझ्ने

बच्चाहरु त्यसै रिसाउँदैनन् । त्यसको पछाडि कुनै न कुनै कारण हुनसक्छ । आफ्नो बच्चालाई के कुराले रिस पैदा गर्छ ? अभिभावकले बुझ्नुपर्छ । उनीहरुमा कुनै शारीरिक पीडा होला, वा मानसिक तनाव हुनसक्छ । पढाईको प्रेसर, शिक्षकको गाली, साथीको व्यवहार आदिले पनि उनीहरु रिसाउने, आवेगमा आउने गर्छन् ।

बच्चालाई एक्लै रहन नदिने

बच्चासँग खेल्ने, रमाउने गर्नुपर्छ । उनीहरुलाई कथा सुनाउने, खेलाउने जस्ता गतिविधिले पनि रिस उठ्न दिदैन । बच्चालाई सकेसम्म एक्लै बस्न नदिने । उनीहरुलाई परिवारमा घुलमिल गराउनुपर्छ । घरमा अरु उसको साथी छ भने साथै खेल्न दिनुपर्छ ।

हिंसात्मक कुरा नगर्ने

बच्चाको अगाडि हिंसात्मक कुरा गर्न हुँदैन । त्यस्तो तस्विर, फिल्म हेर्न हुँदैन । बच्चालाई हिंसात्मक एवं डरलाग्दो फिल्म, कार्टुन हेर्नबाट पनि रोक्नुपर्छ । भूत-प्रेतको फिल्म हेर्न,  कथा सुन्न, जनावरहरुको हिंसात्मक दृश्य हेर्न दिनु हुन्न ।

बच्चालाई कुट्न वा गाली गर्नबाट बचौं

बच्चा रिसाएको बेला वा आक्रमक भएको बेला कुट्न हुँदैन । बरु, उनीहरुको अगाडि शान्त रहने । नम्रतापूर्वक व्यवहार गर्ने । बच्चालाई खुसी तुल्याउने काम गर्नुपर्छ, तर दण्ड दिनु हुँदैन । यसले उनीहरु थप उग्र हुन सक्छ ।

माया गरेको अनुभूति गराउनुहोस्

बच्चाहरु प्रेमका भोका हुन्छन् । उनीहरु आमाबुवाको सामिप्यता खोज्छन्, माया खोज्छन् । बच्चालाई एक्लो भएको महसुष नगराउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment