Comments Add Comment

ब्याडमिन्टन खेलाडीको जीवनमाथि बन्ने फिल्ममा दीपिकाको चर्चा

बलिउडमा यतिबेला बायोपिकको लहर छ । यसै क्रममा ओलम्पिककी रजत पदक विजेता ब्याडमिन्टन खेलाडी पीवी सिन्धुको जीवनमा फिल्म बन्ने भएको छ ।

फिल्मको निर्माण सोनू सुदले गर्न लागेका हुन् । फिल्मलाई लिएर उनी निकै उत्साहित छन् । खेलकुदमा उनको ठूलो लगाव छ र उनी एक फिटनेस फ्रिक पनि हुन् । सिन्धुले ओलम्पिकमा रजत पदक जित्नासाथै यो फिल्मको सोच आफ्नो दिमागमा आएको उनले बताएका छन् ।

यस फिल्ममा मुख्य भूमिका कसले निभाउनेछ भन्ने तय भइसकेको छैन, तर सबैभन्दा बढि सम्भावना छ, दीपिका पादुकोणको । साथै अनुष्का शर्मा र पि्रयंका चोपडा पनि चर्चामा छन् । दीपिकाको सम्भावना यसकारण पनि बढि छ कि उनी आफैं ब्याडमिन्टनमा निकै रुची राख्छिन् । उनका पिता प्रकाश पादुकोण ब्याडमिन्टनका ठूला खेलाडी थिए । सोनुले आगामी १० दिनभित्र हिरोइन र निर्देशकको नाम खुलासा गर्ने बताएका छन् ।

अर्कोतर्फ निर्देशक अमोल गुप्तेले अर्की ब्याडमिन्टन खेलाडी साइना नेहवालमाथि बायोपिक बनाउँदैछन् । सुरुमा यो फिल्ममा पनि दीपिकाकै नाम चर्चामा थियो, तर पछि हात पारिन् श्रद्धा कपुरले । अब हेर्नुछ, यी दुई फिल्ममध्ये दर्शकलाई कसले धेरै लोभ्याउँछन् । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment