Comments Add Comment

नौ घन्टापछि उम्मेदवार अपहरणमुक्त, पत्ता लागेन अपहरणकारी

२० वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा बेनी नगरपालिका ३ भकिम्लीमा कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार क्याप्टेन जसबहादुर पुन नौ घन्टापछि अपहरणमुक्त भएका छन् । उनलाई बरन्जाबाट अपहरणमुक्त गरिएको हो ।

सोमबार साढे ११ बजेबाट भकिम्लीबाट जिल्ला सदरमुकाम बेनी आउँदै गर्दा बाटोबाटै उनी अपहरणमा परेका थिए । दिउँसो साढे २ बजे पुनले पार्टी सचिव हरिकुमार श्रेष्ठलाई आफू अपहरणमा परेको र वैशाख ३१ गतेसम्म रिहाइ नगर्ने बताएका जानकारी गराएका थिए ।

कांग्रेसका पदाधिकारी र परिवारजनले अपहरणबारे सुरक्षा निकायलाई खबर गरेपछि सोमबार तीन बजे नै जनपद र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो ।

कसले र किन अपहरण गरेको हो भन्ने विषयमा सुरक्षा निकायले नखुलाए पनि कांग्रेसले भने विज्ञप्ति जारी गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले अपहरण गरेको दावी गरेको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment