+
+
Shares

बैशाख २५ देखि तीनवटा प्रदेशका विद्यालय बन्द गर्न निर्वाचन आयोगको निर्देशन

मतदानस्थल हस्तान्तरण गर्न आग्रह, ३१ गते सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २० गते १४:३९

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले प्रदेश नं ३, ४ र ६ का सम्पूर्ण शैक्षिक संस्थाहरु बैशाख २५ देखि ३१ गतेसम्म बन्द गर्न सरकारलाई निर्देशन दिएको छ ।

पहिलो चरणको निर्वाचनलाई ध्यान दिँदै आयोगले तीन प्रदेशमा लागु हुनेगरी यस्तो निर्देशन दिएको हो ।

साथै आयोगले बैशाख ३१ गते आइतबारका दिन सार्वजनिक विदा दिन आग्रह गरेको छ । तर, यो विदा देशभरि नभएर पहिलो चरणको निर्वाचन हुने तीनवटा प्रदेशमा मात्रै लागू हुनेगरी गर्न आयोगले भनेको छ ।

बैशाख ३१ को चुनावका लागि मतदान स्थलका रुपमा प्रयोग गरिने विद्यालय, सरकारी कार्यालयहरु, स्वास्थ्य चौकी आदि बैशाख २५ गतेभित्रै हस्तान्तरण गरिसक्न पनि आयोगले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?