Comments Add Comment

गोरखा र सिन्धुपाल्चोकका केही वडामा निर्विरोध

२० वैशाख । स्थानीय तहको निर्वाचनमा गोरखा र सिन्धुपाल्चोकका केही वडामा मूख्य राजनीतिक दलहरु नेपाली कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु निर्विरोध चयन भएका छन् ।

गोरखाको चुमनुव्री गाउँपालिका वडा नम्बर १, २ र ५ मा वडाअध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
चुम नुव्री गाउँपालिका-१ मा नेपाली कंाग्रेसका वीरबहादुर लामा अध्यक्षमा निर्विरोध भएका छन् ।

नेपाली कांग्रेसका निमा दोर्जे लामा, एमालेका छिरिङ लामा र माओवादी केन्द्रकी निमा छिरिङ लामा सदस्य पदमा निर्विरोध भएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । यस वडामा दलित सदस्यमा उम्मेदवारी परेको छैन ।

वडा नम्वर २ मा कांग्रेसका पेमा रेतार लामा अध्यक्ष पदमा निर्विरोध भएका छन् । त्यस्तै माओवादी केन्द्रका पेमा छिरिङ लामा, लाक्पा ढिकी विक र पासाङ लामा सदस्य पदमा विजयी भएका छन् ।

वडा नम्वर ५ मा सोनाम ग्याल्जेन कांग्रेसको तर्फ बाट वडा अध्यक्षमा निर्विरोध भएका छन् । नेपाली कांग्रेसको तर्फ बाट कालिङ छेवाङ, माओवादी केन्द्रको तर्फबाट निमा ढिकी लामा र कुसाङ डुन्डुप लामा सदस्यमा निर्विरोध चयन भएका छन् । यस वडामा पनि दलित सदस्य पदमा उम्मेदवारी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनीहरुले सहमतिबाटै अध्यक्ष र सदस्यको उम्मेदवारी घोषणा गरेका हुन् । यद्यपी उनिहरुलाई निर्विरोध घोषणा भने गरिसकिएको छैन ।

सिन्धुपाल्चोकमा एमालेका २ र कांग्रेसका एक सदस्य निर्विरोध

यस्तै सिन्धुपाल्चोकमा नेकपा एमाले र कांग्रेसका उम्मेदवार वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त सूचना अनुसार नेकपा एमालेका दुइ दलित महिला सदस्यमा निर्वीरोध र नेपाली कांग्रेस एक महिला सदस्यमा निर्वीरोध भएका छन् ।

नेकपा एमालेबाट मेलम्ची नगरपालिका-४ मा उमेदवारी दिएकी कृष्णकुमारी नेपाली र इन्द्रावती गाउँपालिका १२ मा उमेदवारी दिएकी गीता सोनाम निर्बिरोध निर्वाचीत भएका हुन् । ती पदमा अन्य दलबाट उमेदवारी नपरेपछि उनीहरु निर्बिरोध भएका छन् ।

जिल्ला निर्वाचन आयोगले भने यसको औपचारिक पुष्टी गरेको छैन । त्यसैगरी नेपाली कांग्रेसबाट लिसंखुपाखर गाउँपालिका-५ मा दलित सदस्यमा उमेदवारी दिएकी सुनिता सुनार निर्विरोध निर्वाचित भएकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment