+
+
Shares

उम्मेदवारविरुद्ध परेका उजुरी ‘सामान्यखालका’

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २१ गते ११:५३

२१ बैशाख, काठमाडौं । निर्वाचन आयोगले अहिलेसम्म निर्वाचन आचार संहिताको गम्भिर प्रकृतिको उजुरी आयोगसमक्ष नपरेको बताएको छ ।

अधिकांश जिल्लाका प्रमुख निर्वाचन अधिकृतहरुले अहिलेसम्म गम्भिर प्रकृतिको आचार संहिता उल्लंघनको उजुरी नआएको बताएका छन् । अहिलेसम्म भक्तपुरको चाँगुनारायणमा रेडक्रसले कुनै एक दलको पार्टी कार्यकर्तासहित राहत कार्यक्रम वितरण गरेको उजुरी परेको थियो । आयोगले त्यसलाई रोकेको प्रमुख निर्वाचन अधिकृत भोजराज शर्माले बताए ।

यस्तै गोरखामा केही सामान्य खालका उजुरीहरु परेका छन् । निर्वाचन आयोग स्रोतका अनुसार अधिकांश उजुरीमध्ये नयाँ शक्तिले माओवादी केन्द्रविरुद्ध गरेका छन् ।

मकवानपुर, धादिङ, दोलखा, सिन्धुली, काभ्रे लगायतका जिल्लामा भने अहिलेसम्म कुनै खालका निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी नपरेको ती जिल्लाका प्रमुख निर्वाचन अधिकृतहरुले जनाएका छन् ।

उम्मेदवारले गाडी चढ्न अनुमति मागेनन्

निर्वाचन आयोगको आचार संहिताले मेयर र उपमेयरका उम्मेदवारलाई निर्वाचन प्रचार-प्रसारका लागि दुईवटा गाडी र चारवटा मोटर साइकल प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ । त्यस्तो सवारी साधन प्रयोग गर्न प्रमुख निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ । तर अहिलेसम्म कुनै पनि उम्मेदवारले गाडी प्रयोगको अनुमति नलिएको निर्वाचन कार्यालयले जनाएको छ ।

उम्मेदवारहरुले निर्वाचन प्रचार प्रसारमा गाडी प्रयोग गर्न थालिसके पनि अहिलेसम्म आयोगको अनुमति नलिएको जिल्लास्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रमुख शहर ललितपुर, काठमाडौं, भक्तपुर, भरतपुर, हेटौंडा लगायतका स्थानीय तहका उम्मेदवारले समेत अहिलेसम्म गाडी चढ्ने अनुमति लिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?