Comments Add Comment

भारतमा कन्सर्ट गर्न जस्टिन बिबरका यस्ता-यस्ता डिमाण्ड


विश्वकै सर्वाधिक चर्चित पप गायक जस्टिन बिबर भारतमा एक भव्य कन्सर्टमा आउँदैछन् । मे १० तारिखका दिन मुम्बइको डी वाइ पाटिल स्टेडियममा उनको भव्य कन्सर्ट आयोजना हुँदैछ । ह्वाइट फक्स इन्डिया नामको कम्पनीले यो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

भारतमा कन्सर्टका लागि आउन लागेका विश्वकै चर्चित यूवा गायकले आफ्ना लागि निकै लामो डिमाण्ड पेश गरेका छन् । जसलाई , आयोजक कम्पनी ह्वाइट फक्स इन्डियाले सार्वजनिक गरेको छ ।

जस्टिनको टिमले, डिमाण्ड गरेका केही बुँदाहरु यस्तो छन् । जुन आफैमा रोचक लाग्दा पनि छन्ः

१. जस्टिन बस्ने होटलमा १३ वटा कोठा बुक हुनुपर्नेछ । सुरक्षाको कारणले एउटा होइन कि २ वटा फाइभ स्टार होटल बुक हुनुपर्नेछ ।

२. बिबरको ड्रेसिङ रुममा सफा पर्दा अनिवार्य छ । कोठामा काँचको फ्रिज हुन जरुरी छ ।

३. बिबरको कोठामा २४ वटा पानीको बोत्तल हुन आवश्यक छ । ४ इनर्जी ड्रिक, ६ वटा भिटामिन वाटरको बोत्तल, ६ वटा क्रिम सोडा र विभिन्न फलफूलको रस हुन आवश्यक छ ।

४. खानमा विविधता हुनका लागि शाहाकारी र मांसहारी खानाको सूची समेत जारी गरिएको छ ।

५. हेल्थ फुडमा नरिवलको पानी, बदाम शेक, प्रोटिन पाउडर, हर्वल चिया, फ्रेस फलफूल आवश्यक छ ।

६. उनको वरिपरी कतै पनि लिलीको फूल हुनु हुँदैन ।

७. बिबरको पूरा टिमका लागि विभिन्न साइजको टीसर्ट पनि सूचीमा समावेश छ ।

८.जस्टिन बिबरलाई लिनका लागि १० लग्जरी कार, २ भल्वो बस वुक हुनु आवश्यक छ ।

९. आयोजकले सुरक्षाका लागि तैनाथ गरेका सुरक्षाकर्मीसँगै ८ जना उनका निजी बडिगार्ड पनि साथमा रहनेछन् ।

१०. कार्यक्रममा प्रस्तुतीका लागि पुग्दा विवरका लागि चार्टर हेलिकप्टर आवश्यक पर्नेछ । उनी, सडक मार्गबाट कार्यक्रममा जाने छैनन् ।

११. बिबर कार्यक्रमपछि विभिन्न स्थानमा जान चाहेको खण्डमा उनका लागि निजी जेट प्लेन पनि बुक गर्नुपर्नेछ ।

१२. बिबर जब भारत आउनेछन्, उनको साथमा सोफा सेट, प्ले स्टेशन, वासिंग मेसिन, टेवल टेनिसकी टेबल पनि लिएर हिड्नेछन् ।

मे १० मा आयोजना हुन लागेको कन्सर्टको टिकट सबै विक्री भैसकेको आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment