+
+

प्रचण्डको शैली विचित्र : पूर्व प्रधानमन्त्री नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २१ गते १५:४३

२१ वैशाख, काठमाडौंं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्य शैलीप्रति असन्तुष्टी जनाएका छन् ।

स्थानीय निर्वाचनको विषयका सन्दर्भमा टिप्पणी गर्दै नेता नेपालले प्रचण्डको शैली विचित्र रहेको बताए । नेता नेपालले प्रधानमन्त्रीले हचुवाको भरमा निर्णय गरिदिँदा समस्या भएको बताए ।

नेपाल पत्रकार महासंघ, काठमाडाैं शाखाले बिहीबार काठमाडाैंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफैले एकै चरणमा सम्पन्न गर्ने भनेर घोषणा गरेको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेर प्रधानमन्त्री दाहालले विचित्रको शैली देखाएको टिप्पणी गरेका हुन् ।

नेता नेपालले मुलुकलाई नै प्रतिकूल हुने खालका निर्णय गरेर पछि पछुताउने काम नगर्न पनि प्रधानमन्त्री दाहाललाई सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?