Comments Add Comment

अझै टुंगिएन मतगणना गर्ने मिति, आयोग सकिएलगत्तै गणना गर्ने पक्षमा

२२ वैशाख, काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणना कहिले गर्ने भन्ने अझै टुंगो लागेको छैन । निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाअनुसार निर्वाचन सम्पन्न भएलगत्तै मतगणना गर्नुपर्ने भए पनि राजनीतिक दलहरुले दोस्रो चरणको निर्वाचनलाई असर पर्ने भएकाले तत्काल मतगणना गर्न समस्या हुने बताइरहेका छन् ।

मतगणनाबारे राजनीतिक दलहरुको फरक–फरक धारणा देखिएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले दोस्रो चरणको मतदानअगावै मतगणना पार्टीलाई अमान्य हुने प्रष्ट पारेको छ । तर, निर्वाचन आयोग भने निर्वाचन सम्पन्न भएलगत्तै मतगणना गर्ने तयारीमा रहेको नयाँ पत्रिकाले लेखेको छ ।

स्थानीय तह निर्वाचन ऐनको दफा ४५ अनुसार स्थानीय तहका निर्वाचन अधिकृतले सूचना जारी गरेर मतगणना सुरु गर्नुपर्नेछ । एक महिनाभन्दा बढी समय मतपेटिका सुरक्षा गर्न गाह्रो हुने भएकाले मतगणना गरिहाल्नुपर्ने अवस्था रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment