२२ बैशाख, कैलाली । कैलालीको अत्तरीयामा सर्वाधिक पुरस्कारराशीको रुस्लान अत्तरीया कप महिला क्रिकेट प्रतियोगिताको पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लवले बिजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा विभागीय टीम एपिएफले मिलन क्रिकेट एकेडेमी झापालाई ७ विकेटले पराजित गर्यो ।
अत्तरीया स्थित एपिएफको खेल मैदानमा ९४ रनको विजय एपिएफले १५.५ ओभरमा ३ विकेट क्षतीमा पूरा गर्यो । जितमा ज्योती पाण्डेयको अर्धशतकीय पारी महत्वपूर्ण रहृयो । उनले ५३ रनको अविजित पारी खेलिन् ।
त्यस्तै करुणा भण्डारीले अविजित १८ रन वनाइन । करुणा र ज्योतीले चौथ्ो विकेटका लागि ६६ रनको साझेदारी गरे । मिलन क्रिकेट एकेडेमीका लागि संगीता राईले दुई विकेट लिईन ।
खेलको म्यान अफ द ओमेन हुदै एपिएफकी ज्योती पाण्डेयले ३ हजार नगद हात पारिन् ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको मिलन क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतीमा ९३ रन वनायो । मिलनका लागि सरस्वती चौधरी र मेन्सी चौधरीको प्रदर्शन उत्कृष्ट रहृयो । दुवै जनाले पाचौं विकेटका लागि ४३ रनका साझेदारी गरे । साझेदारीमा सरस्वतीले अविजित २१ र मेन्सीले अविजित १९ रन वनाईन ।
टोलीका लागि रितु जैनले १९ रन वनाईन् । कप्तान रुविना क्षेत्रीले १४ रनको योगदान दिइन् । एपिएफका लागि करुणा भण्डारीले मात्रै १ विकेट लिइन । ३ जना खेलाडीहरु रनआउट भए ।
प्रतिक्रिया 4