Comments Add Comment

चार महानगरपालिकामा ३०२९ उम्मेदवार

एउटै महानगरमा ६ सयभन्दा बढी

२२ बैशाख, काठमाडौं । देशभरिका ४ वटा महानगरपालिकाका करिब ८ सय सीटका लागि ३ हजार २९ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।

प्रत्येक महानगरमा मेयरका लागि एक दर्जनभन्दा बढी उम्मेदवारहरु मैदानमा छन् ।

देशको राजधानी रहेको काठमाडौं महानगरपालिकामा मेयर पदको दाबी गर्दै २८ जनाले उम्मेदवारी दिएका छन् । उपमेयरमा १३ जनाको उम्मेदवारी परेको छ ।

काठमाडौं महानगरपालिकामा १६२ जना प्रतिनिधि छनौट गर्नुपर्नेछ । यसका लागि ८८७ जनाको उम्मेदवारी परेकोमा ९ जनाले फिर्ता लिएपछि अब ८७८ उम्मेदवार मैदानमा छन् ।

ललितपुर महानगरपालिकामा कुल ६३८ जनाको उम्मेदवारी परेकोमा १५ जनाले फिर्ता लिएपछि अब ६२३ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

त्यसमध्ये मेयरका लागि १६ जना उम्मेदवार छन् । उपमेयरका लागि ११ जनावीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै चितवनको भरतपुर महानगरपालिकामा कुल ७०० जनाको उम्मेदवारी परेकोमा १५ जनाले फिर्ता लिएका छन् । तीमध्ये कांग्रेसका मेयर र माओवादी केन्द्रका एक/एकजनाले फिर्ता लिएका छन् । बाँकी फिर्ता लिनेहरु १३ जना सदस्यका दाबेदार हुन् ।

भरतपुर महानगरमा १४ जनावीच मेयरमा प्रतिस्पर्धा हुँदैछ । उपमेयरमा ११ जनावीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै पोखरा महानगरपालिकामा कुल ८६५ जनाले उम्मेदवारी दिएकोमा २२ जनाले फिर्ता लिएका छन् । उम्मेदवार फिर्ता लिनेमध्ये एकजना माओवादीका उम्मेदवार विश्वप्रकाश लामिछाने हुन् भने अरु २१ जना वडा सदस्यहरु छन् । अब पोखरामा ८४३ उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment