Comments Add Comment

‘आधा लभ’मा ऋचा र अर्पणको प्रेम, हट रोजिशा


नायिका ऋचा शर्मा चलचित्र ‘लुट २’को प्रचारमा पनि खासै देखिइनन् । उनी, केही समयदेखि चलचित्र क्षेत्रबाट हराएजस्तै थिइन् । तर, यसको पछाडि कारण थियो ।
नायिका शर्मा पनि अब निर्मात्री बनेकी छिन् । उनले, आफै निर्माण गरेको चलचित्र ‘आधा लभ’का कारण उनी केही समय भूमिगत जस्तै भएकी हुन् ।

यो चलचित्र छायांकन सकेर ऋचाले प्रदर्शन मिति तय गर्दै ट्रेलर सार्वजनिक गरेकी छिन् । यो चलचित्र जेठ २६ गतेबाट देशभर रिलिज हुनेछ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रका कलाकार र निर्माण यूनिटको उपस्थितीमा ट्रेलर रिलिज गरिएको हो ।

यो चलचित्रलाई नायक अर्पण थापाले निर्देशन गरेका हुन् । जसले यसअगाडि चलचित्र ‘मुखौटा’ निर्देशन गरेका थिए, जुन पूर्ण रुपमा असफल भएको थियो ।

ऋचाको यो चलचित्रमा उनको अलवा मिथिला शर्मा, टिका पहारी, अर्पण थापा, रोजिशा शाही, रेमनदास श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । विभिन्न उमेर र फरक सोच राख्ने मानिसहरुविच हुने प्रेमको कथालाई यो चलचित्रमा उठान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment