Comments Add Comment

गृहमन्त्रीले भने-देश एमालेकै कारण अनिर्णयको बन्दी बन्यो

२२ वैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एमालेकै कारण मुलुक अनिर्णयको बन्दी बनेको आरोप लगाएका छन् ।

शुक्रबार महाबीर युवा कमिटीले जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसी जनतालाई अधिकारबाट बञ्चित गराउन एमाले क्रियाशील भईरहेको आरोप लगाएका हुन् ।

उपप्रधानमन्त्री निधिले एमालेलाई राजतन्त्र भन्दा पनि अधिनायकवादी पार्टीको रुपमासमेत चित्रण गरे ।

मन्त्री निधिले संविधान कार्यान्वयन गरी संघीयतालाई संस्थागत गर्न सरकार लागि परेको भन्दै मधेशी जनताको अधिकार संविधानमा सुनिश्चित गराउन सरकारले संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेकेा बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment