Comments Add Comment

सरकारी बेवास्तामा कालिकोटका विद्यालय, ९९ सरकारी विद्यालयमा शून्य दरबन्दी !


२४ वैशाख, काठमाडौं । कालिकोटमा ९९ सरकारी विद्यालय शिक्षक दरबन्दीबिनै सञ्चालन भइरहेका छन् । विद्यार्थी संख्या र नतिजा राम्रो भए पनि सरकारबाटै कुनै शिक्षक कोटा प्राप्त नहुँदा सञ्चालनमै कठिनाइ भएको छ ।

केन्द्रबाट धेरैपटक शिक्षक दरबन्दी दिने आश्वासन पाए पनि कालिकोटका ९९ विद्यालयले वर्षौंसम्म शिक्षकको राहत कोटासमेत नपाएको जिल्ला शिक्षा अधिकारी विष्णु तिवारीले जानकारी दिए । ती विद्यालयमा अब छिट्टै दरबन्दी दिने कुरा भएको तर संघीयताको कुराले फेरि अन्योल भएको उनको भनाइ छ ।

शून्य दरबन्दी भए पनि निजी स्रोतबाट राम्रो प्रयास भएको तिवारीको भनाइ छ । सरकारले आधारभूत शिक्षालाई अनिवार्य र निःशुल्क बनाए पनि शिक्षक दरबन्दी नहुँदा सरकारकै नीतिमा चुनौती थपिएको छ । कालिकोटमा अहिले दुई सय ९४ सामुदायिक र १२ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment