Comments Add Comment

सल्यानको ढोरचौर गाउँपालिकामा तीन चलाउनेको प्रतिष्पर्धा

सबैका एजेण्डा समृद्ध गाउँपालिका बनाउने

२४ वैशाख, सल्यान । सल्यानको ढोरचौर गाउँपालिकामा स्थानीय तहको चुनावमा मुख्य तीन राजनीतिक दलहरुबीच रोचक प्रतिस्र्पा हुँदैछ ।

१३ हजार ५ सय ९३ जनसंख्या रहेको ढोरचौर गाउँपालिकाको अध्यक्षका लागि कांग्रेस, एमाले र माओवादी केन्द्रबाट उम्मेदवारहरु बनेका तीनै जना चलाउने थरका छन् ।

थर मात्रै होइन कांग्रेस र माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार बनेका उम्मदेवारका नाम पनि उस्तै छ ।

७ हजार बढी मतदाताहरु रहेको यो गाउँपालिकामा कांग्रेसबाट नरवीर चलाउने, एमालेबाट चित्रबहादुर चलाउने र माओवादी केन्द्रबाट पनि नरवीर चलाउने उम्मेदवार बनेका छन् ।

तीन वटै राजनीतिक दलहरुको प्रतिस्पर्धा हुने अनुमान गरिएको ढोरचौर गाउँपालिका साविकका बांझकाडा, सिद्धेश्वरि र चांदेकरेञ्जी गाविसलाई मिलाइएको थियो् । उसो त यो गाउँपालिका ५ वटा वडा मात्रै भएको साना गाउँपालिका पनि हो ।

सबैका एजेण्डा समृद्ध गाउँपालिका बनाउने

एउटै थर र नाम भएका उम्मेदवारहरुका एजेण्डा पनि उस्तै छन् । तीन वटै राजनीतिक दलहरुले यो गाउँपालिकालाई समृद्ध बनाउने योजनाका साथ चुनावमा होमिएका छन् ।

कांग्रेसबाट उम्मेदवार बनेका नरविर चलाउनेले गाउँपालिकामा पर्यट विकास, भौतिक, पूर्वाधारहरुको विकास गर्ने, कृषिलाई व्यवसायिकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै उनका प्रतिस्पर्धी एमालेका चित्रबहादुर चलाउनेले पनि कृषि, पर्यटनलाई व्यवसायिकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार नरविर चलाउनेले पनि कृषिलाई आधुनिक र व्यवसायिकिरण गर्ने, गाउँपालिकालाई छिमेकि गाउँपालिका र जिल्ला सदरमुकामसंग सहज रुपमा सडक सञ्जाल जोड्ने, विद्युत आपूर्ति गर्ने, गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्ने, कुमाखमा केबुलकार र भ्यूटावर निर्माण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment