Comments Add Comment

यसरी खिचियो वन सटमै २ घन्टाको ‘जालो’


जेठ १९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जालो’ वन सटमा खिचिएको हो । वन सटमा २ घन्टाको चलचित्र कसरी खिचियो होला, दर्शकमा उत्सुकता हुन सक्छ ।
निर्माणपक्षले दर्शकलाई यो कुराको जानकारी दिनका लागि चलचित्र खिच्दाको दुख, कष्ट र शैलीलाई समावेश गरेर एक डकुमेन्ट्री तयार गरेकेा छ ।

एउटा घरमा एक दर्जन भन्दा बढी कलाकार तथा प्राविधिकको साथमा खिचिएको यो चलचित्रले गिनिज बुकमा नाम लेखाउने तयारी पनि गरेको छ । अराज केशव गिरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको मुख्य भूमिकामा नीर शाह, रेमनदास श्रेष्ठ, मेनुका प्रधान, निराजन प्रधान लगायतका कलाकारको मुख्य भूमिका छ ।

अराज र मोहित मुनालले यो चलचित्र निर्माण गरेका हुन् । हरि लामा घलेले यो चलचित्र खिचेका हुन् । एक साथ करिब ४ घन्टा लामो चलचित्र खिचिएको हो । ‘जालो’ रिलिजपछि ‘जालो रिटन्र्स’ रिलिज गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment