
२५ वैशाख, बिराटनगर । यातायात व्यवस्था कार्यालय इटहरीका एक जना कर्मचारी रंगेहात पक्राउ परेका छन् ।
कार्यालयका नायबसुब्बा विनोद दाहाल सेवाग्राहीबाट ५ हजार नगद रुपैयाँ घुस लिदै गर्दा रंगेहात पक्राउ परेका हुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट गएको टोलीले दाहाललाई रंगेहात पक्राउ गरेको हो ।
सवारी शाखामा कार्यरत दाहालले कार्यकक्ष मै घुस लिन लाग्दा पक्राउ गरिएको अख्तियारको दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।
यस अघि पनि यातायात व्यवस्था कार्यालयबाट ५७ करोड रकम हिनामिना गरेको आरोपमा पाँच जना पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4