Comments Add Comment

यी ८ संकेतले बताउँछ, तपाई कति स्वस्थ्य हुनुहुन्छ ?

हामी कति स्वस्थ्य छौं ? यस सम्बन्धमा उति ख्याल गरिदैन । घर व्यवहार, जिम्मेवारी, करियर, पढाई, आयआर्जनको चक्करमा हामी आफैलाई भुल्छौं । अर्थात् आफ्नो स्वास्थ्य-स्थिती कस्तो छ ? भन्ने कुरामा वेखबर हुन्छौं ।

हामी कति स्वस्थ्य छौ वा स्वास्थ्यप्रति सचेत छौ भन्ने कुरा हाम्रो दैनिकीले पनि निर्धारण गर्छ । जस्तो कि,

१. के हामी प्रतिदिन नास्ता एवं ब्रेकफास्ट लिन्छौं ?

२. के हाम्रो खानेकुरा स्वस्थ्य, ताजा र पोषिलो छ ?

३. के हाम्रो दैनिक खानामा फल र सब्जी सामेल गरिएको छ ?

४. के हामी शारीरिक रुपले सक्रिय छौं ?

५. के हामी प्रतिदिन दुई लिटर पानी पिउँछौं ?

६. के हामी आफ्नो सरसफाईमा ध्यान दिन्छौं ?

७. के हामी नियमित ७ घण्टा सुत्छौं ?

८. के हामी आफुलाई माया गर्छौं ?

नास्ता वा ब्रेकफास्ट किन ?

विहान उठेपछि हामीले नास्ता लिनुपर्छ । किनभने रातभर केहि नखाने हुनाले हाम्रो मोटाबोलिज्म धीमा हुन्छ, जसको कारण तनाव हर्मोन बढ्छ । यसले हृदय रोग, तौल बढ्ने, मधुमेह हुने संभावना रहन्छ । जब हामी लामो समय केहि खाँदैनौ, तब हाम्रो शरीरमा पोषक तत्व कमी हुन्छ । त्यही कारण विहान उठ्नसाथ नास्ता गर्नुपर्छ ।

खानेकुरा ताजा, पोषिलो र स्वस्थ्य किन ?

भोक मेट्ने वा नास्ता गर्ने भन्दैमा जस्तो पनि खानेकुरा सेवन गर्नु ठीक होइन । कतिले छिटो छरितोको लागि जंक फूड सेवन गर्छन् । यो हाम्रो शरीरको लागि अखाद्य पदार्थ हो, जसमा ट्रान्स फ्याट -वोसोको सबैभन्दा खराब प्रकार) हुन्छ । यसले शरीरमा एलडीएल कोलेस्टोरको स्तर बढाइदिन्छ र एचडीएल कोलेस्टोरको स्तर कम गर्छ । नतिजा, हृदय रोगको खतरा हुन्छ । त्यसैले नास्ता स्वस्थ्य, पोषिलो र ताजा हुनुपर्छ ।

नियमित फल र सब्जी किन ?

यदि तपाई प्रतिदिन एक फल र दुई कप सब्जी खानु हुन्न भने शरीरमा भिटामिनको कमी हुन्छ र पाचनको समस्या हुन्छ । यसले हृदय रोगको खतरा बढाउँछ । आफ्नो छाला, केस स्वस्थ्य राख्न, हड्डी बलियो बनाउन भिटामिनको आवश्यक हुन्छ । त्यसैले मध्यन्ह एवं रातको खानामा सब्जीको उचित सेवन आवश्यक हुन्छ ।

शारीरिक सक्रियता किन ?

यदि तपाई कुनैपनि काम गर्न अल्छी मान्नुहुन्छ, धेरै समय बसेर बिताउनुहुन्छ भने तपाईको शरीर कमजोर हुँदै जान्छ । मांसपेशी र हड्डी कमजोर हुन्छ, जसले आस्टियोपोरोसिसको संभावना बढ्छ । तपाईको शरीरको कार्यसंचालन ठिक ढंगले हुँदैन । फलतः अनेकन रोगहरु लाग्न सक्छ । यस्तो खतराबाट बच्नका लागि सक्रिय जीवनशैली अपनाउनुहोस् । नियमित व्यायाम गर्ने, हिँड्ने, कुद्ने, काम गर्ने जस्ता गतिविधि बढाउनुहोस् ।

प्रतिदिन दुई लिटर पानी किन ?

हाम्रो शरीरले आफ्नो कार्यसंचालन सुचारु राख्नका लागि हाइड्रेटेड रहनुपर्छ । यदि हाम्रो शरीरमा पानीको मात्रा अपुग भयो भने थकान महसुष हुन्छ, अनेक किसिमको समस्याहरु देखा पर्न थाल्छ । किनभने पर्याप्त मात्रामा पानी पिउँदा शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । हामीलाई प्रतिदिन कम्तीमा दुई लिटर पानी आवश्यक हुन्छ ।

आफ्नो सरसरफाईको ख्याल किन राख्ने ?

कुनैपनि खानेकुरा सेवन गर्नुअघि राम्ररी हात धुने, ब्रस गर्ने, नुहाउने, सफा कपडा लगाउने जस्ता कुराले हामीलाई चंगा बनाउँछ । यसले शरीरलाई जिवाणुहरुको सम्पर्कबाट पनि टाढा राख्छ । फलतः कुनैपनि संक्रमणको संभावना हुँदैन ।

७ घण्टाभन्दा बढी किन सुत्ने ?

प्रत्येक व्यक्तिका लागि पर्याप्त निन्द्रा आवश्यक हुन्छ । मस्त निदाउन सकिएन भने शरीर भद्दा हुन्छ । हाम्रो दिनचर्या अस्तव्यस्त हुन्छ । मानसिक थकान महसुष हुन्छ । यसले अनेक किसिमको रोग पनि निम्त्याउँछ । त्यसैले पर्याप्त निदाउनुपर्छ ।

आफुले आफैलाई किन माया गर्ने ?

हामी काम, करियर, पैसाको दौडामा लागेर आफैलाई भुल्छौं । आफ्नो अवस्था कस्तो छ भन्ने कुराको हेक्का राख्दैनौ । आरम, मनोरञ्जन जस्ता कुरामा ध्यान दिदैनौ । यो सहि तरिका होइन ।

हरेक दिन केहि न केहि समय आफ्नो लागि निकाल्नु पर्छ । त्यस अवधीमा तपाई मस्त आनन्द लिनुहोस् । मनोरञ्जन गरेर हुन्छ कि, फिल्म हेरेर हुन्छ, मसाज गराएर हुन्छ कि, मेकअप गरेर नै, आफ्नो लागि अतिरिक्त समय दिनैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment