Comments Add Comment

सुन्नुहोस्, ‘म यस्तो गीत गाउँछु’को गीत, तपाइको मन छुन सक्छ


संगीतकार अर्जुन पोखरेलको संगीत भन्ने वित्तिकै, हरेक गीतसंगीत प्रतिक्षामा हुन्छन् । नेपाली चलचित्रको संगीतमा अर्जुनले एउटा उचो नाम बनाइसकेका छन् ।
उनै, संगीतकार पोखरेलले फेरि एक पटक आफ्नो संगीतमा अब्बलता देखाएका छन् । असार ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’को अडियो जुकबक्स तपाइले सुन्नुभयो भने, त्यो कुराको महशुश गर्न सक्नुहुन्छ ।

सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा ३ वटा गीत समावेश छन् । जसमा ‘भन्छु आज मनका कुरा’, कहाँ छ र’, किन आजकल तिम्रो मन’ बोलका गीत समावेश छन् ।

पहिलो गीतमा सुदर्शन थापाको शब्द, सुगम पोखरेल र अन्जु पन्तको आवाज छ । यस्तै, ‘कहाँ छ र’ बोलको गीतमा दिग्गज धौरालीको शब्द, प्रमोद खरेल र अन्जु पन्तको स्वर छ भने ‘किन आजकल तिम्रो मन’ बोलको गीतमा अम्बिका शर्माको शब्द, अर्जुन पोखरेलकै स्वर छ ।

यी तिन वटै गीत निकै कर्णपि्रय छन् । ‘भन्छु आज’ बोलको गीतको त भिडियो नै सार्वजनिक भैसकेको छ । पूजा शर्मा, पल शाह, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, नविन मानन्धर, विक्रम सेन, अर्जुन गुरुङ लगायतका कलाकारको चलचित्रमा मुख्य भूमिका छ ।

गीतसंगीतकै कारणले चलचित्रले उचाई पाइसकेको छ । बाँकी २ गीतको भिडियो क्रमशः सार्वजनिक गर्ने निर्देशक सुदर्शन थापाले बताए । ‘भन्छु आज’ गीतको भिडियोमा उत्कृष्ट प्रतिक्रिया पाएको यो चलचित्रको जुकबक्सले पनि सार्वजनिक भएसँगै चर्चा पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment