Comments Add Comment

पानी पार्ने बादल हटाएर रुसले मनायो ‘भिक्ट्री डे’

२७ बैशाख, काठमाडौं । दोस्रो विश्वयुद्धमा जर्मनीको नाजी सेनामाथि विजय प्राप्त गरेको दिनको स्मरणमा रुसले ७२ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार रुसले शक्ति प्रदर्शनसहित भिक्ट्री डे अर्थात् विजय उत्सव मनाएको हो ।

तर, राजधानी मस्कोमा पानी पार्ने बादल मडारिएपछि रुसले विशेष प्रविधिमार्फत् बादल हटाएको थियो । सैन्य विमानले आकाशमा विशेष रसायन उडाएर कालो बादल हटाएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

बादल हटाएर सम्भावित वर्षालाई रोकेलगत्तै रुसी सेनाले आधुनिक क्षेप्यास्त्रसहित विशेष सैन्य परेड आयोजना गरेको थियो । रुसको यो हालसम्मकै ठूलो सैन्य परेड मानिएको छ ।

८ मे १९४५ मा रुसी सेनाले हिटलरको नाजी सेनामाथि विजय हासिल गरेकै दिनदेखि दोस्रो विश्वयुद्ध अन्त्य भएको थियो । सोही दिनको स्मरणमा रुसले मे ९ तारिकलाई ‘भिक्ट्री डे’ का रुपमा मनाउने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment