+
+
Shares

ट्रक दुर्घटनाका घाइतेको मृत्यु (अपडेट)

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २७ गते १३:००

 २७ वैशाख, चितवन। पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा ट्रक खस्दा घाइते भएका दुई जनामध्ये एकको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा हेटाैँडा उपमहानगरपालिका–१४ का अन्दाजी २० वर्षीय सुरज श्रेष्ठ रहेका छन् । सोही ठाउँ घर भएका घाइते २१ वर्षीय सोनाम लामाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडाँैबाट हेटाँैडातर्फ जान आउँदै गरेको ना ५ ख ९९४६ नम्बरको ट्रक आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–४ लेवाटारमा दुर्घटना भएको थियो । ट्रक खस्दै गर्दा झरेर भागेका चालक अझै फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ट्रकमा अन्य व्यक्ति भने नभएको जनाइएको छ । त्रिशूलीमा खसेको ट्रक अझै निकाल्न सकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?