Comments Add Comment

एमालेलाई गगन थापाले भने-प्रदेशको चुनाव पनि प्रतिपक्षमै बसेर लड्नुपर्छ, चित्त नदुखाउनुस्

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रदेश र केन्द्रको चुनावमा पनि नेकपा एमाले प्रतिपक्षमै रहने बताएका छन् ।

नेपाली कांग्रेस चुनाव प्रचार उपसमितिले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले तत्काल एमाले सरकारमा सहभागी हुने सम्भावना नरहेको बताएका हुन् ।

‘सरकार बनाउनलाई अंक गणित पनि मिल्नुपर्छ । सांसद पनि चाहिन्छ,’ थापाले एमालेतर्फ लक्षित गर्दै भने, ‘दुःखका साथ भन्नुपर्छ तपाईंहरुले यो चुनावमात्र होइन, प्रदेश र त्यसपछाडिका चुनावमा पनि प्रतिपक्षको रुपमा चुनावमा भाग लिनुपर्छ । चित्त नदुखाउनुहोला ।’

उनले माओवादी केन्द्रसँगको सत्ता गठबन्धन पछिसम्म पनि कायमै रहने बताए । ‘करिब-करिब दुई तिहाई बहुमतको अवस्था लिएर बसेको अहिलेको सरकार निर्वाचनलगत्तै बदलिन्छ र हामीले नयाँ सरकार बनाउँछौं भन्नु योभन्दा आधारहिन कुरा अरु केही हुँदैन,’ थापाले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment