तौल कसरी घटाउने भन्ने कुरा अहिले धेरैको निम्ती टाउको दुखाईको बिषय बन्दै गएको छ । अस्तव्यस्त जीवनशैली, अनियन्त्रित खानपान र निस्किय दिनचर्याका कारण मोटोपन बढ्दो छ । मोटोपन कसरी घटाउने त ? यसका लागि हरेकले आ-आफ्नै तौर-तरिका अपनाउने गरेका छन् । कोहि डाइटिङ गर्छन्, कोहि कडा व्यायाम गर्छन्, कोहि जिम धाउँछन् ।
मोटोपन कसरी घटाउने वा आफ्नो तौललाई कसरी सन्तुलित राख्ने भन्ने सम्बन्धमा अनेकन भ्रम पनि छन् । ति भ्रम के हुन् र वास्तविकता के हो त ?
१.
भ्रम- खाना कम खानु तौल घटाउने राम्रो काइदा हो ।
वास्तविकता- भोजन कम गर्दा शरीरको पाचन क्षमता कम हुन्छ । शरीरलाई आवश्यक पोषण तत्वको अभाव हुन्छ । यसले तौल घट्ने होइन, बरु कमजोरी हुन्छ । त्यसैले खाना छाड्ने होइन, दिनमा धेरै पटक खानेकुरा खानुहोस् । तर, एकै पटकमा धेरै खानेकुरा होइन, थोरै-थोरै सेवन गर्नुहोस् ।
२.
भ्रम- तौल घटाउनका लागि खानामा कटौती गरे हुन्छ, व्यायाम गरिरहनु पर्दैन ।
वास्तविकता- सन्तुलित र नियन्त्रित खानपानका साथै व्यायाम पनि गर्नु पर्छ । खाना कटौती गरेर शरीरमा अतिरिक्त क्यालोरी जम्मा नगर्नु भन्दा व्यायाम गरेर क्यालोरी बर्न गर्नु राम्रो हो । नियमित रुपमा एउटा तालिका बनाएर व्यायाम गर्नुहोस् ।
३.
भ्रम- कार्बोहाइड्रेट तपाईको शरीरको लागि ठीक हुन्न ।
वास्तविकता- कार्बोहाइड्रेट शरीरको यन्त्रको मूख्य इन्धन हो । लो फ्याट र धेरै कार्बोहाइड्रेटयुक्त खानेकुरा शरीरको लागि उपयुक्त हुन्छ । यसले तौल बढाउँदैन ।
४.
भ्रम- लो फ्याट वा फ्याट फ्रि खानेकुरामा क्यालोरी कम हुन्छ ।
वास्तविकता– लो फ्याट वा फ्याट फ्रि भन्दैमा त्यसले तौल बढाउँदैन भन्ने होइन । किनभने त्यस्ता खानेकुरामा अलग प्रकारको कार्ब वा शुगर हुनसक्छ । स्याँउ एक लो फ्याट भएको फल हो तर, यसको मतलव यसमा क्यालोरी हुँदैन भन्ने होइन ।
५.
भ्रम– व्यायामबाट बढी लाभ उठाउनका लागि कम्तीमा ४५ मिनेट वर्कआउट गर्नुपर्छ ।
वास्तविकता- केवल ३० मिनेटको वाकिङबाट पनि क्यालोरी बर्न गर्न सकिन्छ । दिनहुँ ५ देखि ३० मिनेटसम्म टहल्ने गर्नुहोस् । र, यो अवधीलाई क्रमस बढाउँदै लानुहोस् ।
प्रतिक्रिया 4